April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मिम्हाङ्मा जुलाई अन्तिममा प्रिमियर हुँदै

मिम्हाङ्मा जुलाई अन्तिममा प्रिमियर हुँदै

लन्डन । चर्चित भ्लगर एवम् सञ्चारकर्मी सिर्जना निङ्लेकूकाे प्रस्तुति तथा निर्माणमा बनेको ‘मिम्हाङ्मा’ भिडियो सार्वजनिक हुने भएको छ । यहीँ जुलाई ३१ मा गीतको भिडियोकाे प्रिमियर हुन लागेको हाे ।

निङ्लेकूकै कथामा बनेको भिडियाेलाई सुल्तान इधिङ्गाेले निर्देशन गरेका छन् । भिडियोमा निङ्लेकू र परशुराम राईको अभिनय देख्न सकिनेछ । सैनिक साहित्यकार सञ्जीव पारदर्शीले लेखेको गीतमा डी आर अटुकाे सङ्गीत र राजु कार्कीको सङ्गीत संयाेजन रहेको छ । अहिलेका चर्चित गायिका सुनिता थेगिम लिम्बुकाे स्वर रहेको छ । भिडियोमा रञ्जु लिम्बुकाे काेरियाेग्राफी रहेको छ ।

Advertisement

‘खाेटाङे ठिटो आँखामै बस्याे, कसाे पाे गरूँ म ?
भुइँसाेरी ढाेगेँ है साेल्टी भुइँसाेरी ढाेगेँ है
लाइदिऊँ कि माया छपक्कै विचार चाेगे है ।’

गीतमा लिम्बु युवती र राई युवाबीचकाे प्रेमकाे कहानीलाई उनिएकाे निर्मात्री निङ्लेकूले बताइन् । आफ्नो जन्मदिनको अवसरमा गीतको प्रिमियर आसफाेर्डकाे गाेरखा भिल्ला रेस्टुरेन्टमा साँझ ५ बजे हुने उनले सुनाइन् । भिडियोमा सञ्जीव राई पारदर्शी, सुव्रिना लिम्बु, सविना लिम्बु, रेकिना सुब्बा, रञ्जु लिम्बु र कामना राईहरूले समेत अभिनय गरेका छन् । सुल्तान फिल्मस् प्राेडक्सनकाे सम्पादन रहेकाे भिडियोमा सह-छायांकन मितेश गुरुङ, श्रङ्गार सविना लिम्बु र भेषभूषा सिर्जना ढाका फेसनकाे रहेको छ ।