May 3, 2024, Friday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घले नेपालमा थप शाखा समितिहरू विस्तार गरेको छ । अघिल्लो महिना बागमती प्रदेश समिति घाेषणा गरेको महासङ्घले बुधबार काठमाडौं समिति सार्वजनिक गरेको छ ।

भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि चर्चित गजलकार एवम् समीक्षक डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ ले अनुवादका माध्यमबाट नेपाली साहित्यलाई प्रबर्द्धन गर्नुपर्ने धारणा राखे । उनले नेपालमा भन्दा बाहिर नेपाल भाषीहरू धेरै मात्रामा रहेका कारण सञ्जालले जाेडन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

Advertisement

यसैगरी, विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु ‘ परदेशी’ ले साहित्यमार्फत् सबै जाेडिएकाेमा खुसी व्यक्त गर्दै नवगठित समितिलाई शुभकामना व्यक्त गरे ।

त्यस्तै, विशेष अतिथि विश्व नेपाली साहित्य महासङ्घकी केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाले काठमाडौं शाखा घाेषणा कार्यक्रमले खुशी तेब्बर भएको बताइन् । उनले महासङ्घमार्फत् लिन नभएर दिन आबद्ध हुन जाेड दिइन् । महासङ्घले यहीँ आउँदो शनिबार असार ११ गते प्रज्ञाप्रतिष्ठानकाे भवनमा विश्व चा‌ैतारी सङ्गम आयाेजना गर्न लागिरहेको समेत जनाइन् । साहित्यिक चाैतारी नेपालसँगको सहकार्यमा हुने कार्यक्रम प्रतिष्ठानका कुलपति डा. गङ्गाप्रसाद उप्रेतीकाे प्रमुख आतिथ्यमा हुँदैछ ।

केन्द्रीय काेषाध्यक्ष केबी पाैडेल, विनेसाम दक्षिण यूके सचिव अमित थेवे, विनेसाम नेपाल शाखा अध्यक्ष कल्पना पाैडेल, सल्लाहकार ऋषिराम सापकाेटा  लगायत उपस्थित थिए । कार्यक्रममा जनार्दन अधिकारीकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको घाेषणा गरिएको थियोे । साे समितिकाे उपाध्यक्षमा महेशराज खनाल, सचिवमा चुडा निर्भीक, सहसचिवमा सरस्वती पाण्डे सरस र काेषाध्यक्षमा रेणु घिमिरे छन् । सदस्यहरूमा उत्तम भेटवाल, नरेन्द्र कुमार नगरकोटी, रमा वली, सुधा बाँस्कोटा ढकाल, सीता घिमिरे, सुस्मिता श्रेष्ठ, सविता श्रेष्ठ  बेहोसी, सुधा मिश्र झा, वर्षा बन्दना, सीता पाण्डे, शैलेन्द्र कुमार शाह, सुरेश चन्द्र घिमिरे, सविता खत्री, निशा धमला, सुजाता अर्याल छन् । त्यसैगरी, सल्लाहकारहरूमा वरिष्ठ साहित्यकारहरू शैलेन्द्र साकार, डा बेञ्जु शर्मा, उन्नती बोहरा शिला, विश्वविमोहन श्रेष्ठ, भीष्म उप्रेती, बिना थिङ तामाङ र चन्द्र रानाहँछा रहेका छन् ।

यस‌ैगरी, दाेस्राे चरणमा सिर्जना वाचन सत्र समेत राखिएको थियोे । सिर्जना वाचन गर्नेहरूमा प्रमुख अतिथि डा. घनश्याम न्याैपाने ‘परिश्रमी’, महासचिव सुनिता राई कन्दङ्वा, अमित थेवे, कल्पना पाैडेल, सीता पाण्डे, पूर्णिमा प्रतिविम्ब, सीता घिमिरे, सुधा मिश्र, सङ्गीता ठाकुर, वर्षा वन्दना, गङ्गा आचार्य सापकाेटा, सीता विष्ट कार्की, रश्मी रिमाल, बम बहादुर जिताली, मणिराज सिंह, कृष्ण बहादुर केसी, निर्भीक चुडा, ऋषिराम सापकोटा, जनार्दन अधिकारी, रेणु घिमिरे, माधव बिडारी, सुरेन्द्र प्रसाईं रहेका थिए ।

प्रमुख अतिथि डा. घनश्याम न्याैपाने ‘परिश्रमी’।

कार्यक्रम विनेसाम नेपाल बागमती प्रदेशका अध्यक्ष तोयानाथ सुवेदीको सभापतित्वमा र सचिव माधव बिडारीकाे सञ्चालनमा भएको थियाे । विश्व नेपाली साहित्य महासङ्घकाे स्थापना १३ जुलाई २०१० मा भएको थियोे । महासङ्घ २१ वटा मुलुकहरूका ३१ वटा शाखाहरूमार्फत् क्रियाशील छ ।