‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न
काठमाडौं । गायक जीवन केदेमकाे पा:लाम गीत ‘सेप्माङमाे’ काे म्यूजिक भिडियोकाे छायांकन पूरा भएको छ । भिडियोकाे छायांकन बुधबार सकिएको निर्माण पक्षले जनाएको छ ।
पा:लाममा केदेमसँगै निरन्ता नेम्वाङकाे स्वर रहेको छ । गीतमा सुमन लिम्बु र गंगा फियाककाे काेरस रहेको छ । शान्ता केरुङकाे शब्द रहेको गीतमा दिलीप फुरुम्बुकाे लय रहेको छ । व्यस्त निर्देशक हाङ चेम्जोङकाे निर्देशनमा बनेकाे भिडियोमा जीवन केदेम, पुष्पाञ्जली तिल्लिङ, शैलेन्द्र नाल्वाे, निरन्ता नेम्वाङ, भविन सोङ्मी, मिम्जिमा सोङ्मी, आश्मा सुब्बा, मनु थक्लुङ, प्रकाश लिम्बु लगायतका कलाकारहरूकाे अभिनय रहेको छ ।

भिडियोकाे ईशाक जवेगूकाे छायाङ्कन, सञ्जु थलङ र मञ्जु थलङकाे श्रङ्गार रहेको छ । भिडियो केही समयपछि सार्वजनिक गरिने निर्देशक चेम्जोङले बताए ।
#याक्थुङ लिम्बु #याक्थुङ कला/संगीत
प्रतिकृया दिनुहोस्