April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘लिम्बुवान, किरात’ नामाकरण गर्न भन्दै दलका मुख्य नेताहरूलाई ज्ञापनपत्र

‘लिम्बुवान, किरात’ नामाकरण गर्न भन्दै दलका मुख्य नेताहरूलाई ज्ञापनपत्र

विजयपुर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात राख्न माग गर्दै ‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’ले प्रदेश एकका प्रमुख, मुख्यमन्त्री र संसदीय दलका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

समितिले साेमबार प्रतिनिधिमण्डलमार्फत् ज्ञापनपत्र बुझाएको समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिका अध्यक्ष मधुराज केरुङले जनाए । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेपश्चात् समितिकाे बैठक आइतबार इटहरीमा बसेकाे थियोे । बैठककै निर्णयअनुसार साउन ५ गते प्रादेशिक राजधानीमा विराटनगरमा बृहत् जनप्रदर्शन गर्ने भएको छ ।

Advertisement

समितिले प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, नेकपा एमाले संसदीय दलका उपनेता यशोदा अधिकारी, नेपाली काँग्रेसका संसदीय दलका उपनेता हिमाल कार्की, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई पत्र बुझाएको थियोे । त्यस्तै, जसपा संसदीय दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलकी नेतृ विष्णु तुम्बाहाङ्फे, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य शिवकुमार मण्डललाई पनि प्रदेश एकलाई लिम्बुवान, किरात प्रदेश नामाकरण गरियोस् भनी ज्ञापन पत्र बुझाउने काम सम्पन्न भएको जसपा, लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमालले जनाए ।

प्रदेश एकको नामाङ्कनमा लिम्बुवान, किरात, काेसी, सगरमाथा, कञ्चनजङ्गा आदि नाम चर्चामा छन् । प्रादेशिक चुनाव आउनुअघि नामाकरण टुंगो लगाउनुपर्ने सांसदहरूलाई दबाब छ । सात प्रदेशमा अन्य छ प्रदेशहरूले नाम टुंगो लगाइसकेका छन् । विराटनगर राजधानी रहने गरी प्रदेश एकले निर्णय गरिसकेपनि नाममा तीव्र बहस चलेका कारण हालसम्म अनिर्णीत भएको हाे ।

९० जना प्रदेशसभा सदस्य रहेको प्रदेश एकमा एमालेसँग ३९, नेपाली कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकतृ समाजवादीसँग १०, जसपासँग ३ र राप्रपा रसंघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चसँग १/१ सांसद छन् । नामका लागि दुई तिहाइ बहुमत अर्थात कम्तीमा ६० सांसद आवश्यक पर्छ । नामाकरणमा लिम्बुवान, किरात, लिम्बुवान-किरात, काेसी, सगरमाथा नामहरू चर्चामा छन् ।

प्रदेश प्रमुुख खापुङलाई ज्ञापनपत्र बुझाउँदै समिति ।
संलाेरामकी नेतृ विष्णु तुम्बाहाङ्फे राई(बायाँ) ।
जसपा नेता जयराम यादव(बायाँबाट दाेस्राे) ।
काङ्ग्रेस नेता हिमाल कार्की ।
एमाले नेतृ यसाेदा अधिकारी ।