April 19, 2025, Saturday
२०८२ बैशाख ६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘लिम्बुवान, किरात’ नामकरण गर्न प्रदेश एकका सभामुख र मन्त्रीलाई ज्ञापनपत्र

‘लिम्बुवान, किरात’ नामकरण गर्न प्रदेश एकका सभामुख र मन्त्रीलाई ज्ञापनपत्र

विजयपुर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात राख्न माग गर्दै ‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’ले प्रदेश एकका सभामुख, उपसभामुख र मन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ ।

समितिले शुक्रबार प्रतिनिधिमण्डलमार्फत् ज्ञापनपत्र बुझाएको समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिका अध्यक्ष मधुराज केरुङले बताए । समितिले साताैँ हजारकाे सङ्ख्यामा बिहीबार प्रादेशिक राजधानीमा विराटनगरमा बृहत् जनप्रदर्शन गरेकाे थियोे ।

Advertisement

प्रदेश एकका सभामुख प्रदीप कुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै चुम्लुङ अध्यक्ष प्रेम येक्तेन ।

समितिले प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पाेख्रेललाई भेटेर ज्ञापनपत्र बुझाएको थियोे । शुक्रबार नै उद्याेग, श्रम तथा राेजगार मन्त्री प्रताप हाङ्गामलाई पनि पत्र बुझाएकाे सचिवालय नेता अजित धिमालले जनाए ।

मन्त्री प्रताप हाङ्गाम(दायाँ)सँग सङ्घर्ष समितिका नेताहरू ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिबाट सङ्घीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, किरात याक्थुङ चम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापाे, स्वतन्त्र नागरिक मन्चका पदम अधिकारी,
जसपा, लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, लिम्बुवान राष्ट्रिय मुक्ति माेर्चाका उपमहासचिव माैसम लिम्बु, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष मधु केरुङ थिए ।

सङ्घर्ष समितिले ऐतिहासिकताका आधारमा लिम्बुवान, किरात प्रदेश हुनुपर्ने माग गर्दै गत असार २४ मा समिति गठन गर्दै पत्रकार सम्मेलन गरेको थियोे । समितिले साउन ८ गते संसदीय बैठक बस्ने दिनमा संसद भवन घेराउ कार्यक्रम गर्दैछ ।