याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक
याम्बाेङ(पान्थर) । लिम्बु भाषा उच्च माध्यमिक परिषदले कक्षा ११ र १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ ।
सोमबार शैक्षिक सत्र २०७८ को याक्थुङ लिम्बु भाषाको कक्षा ११ र १२ को नतिजा सार्वजनिक गरिएको लिम्बु भाषा शिक्षा परिषदको परीक्षा नियन्त्रण बोर्डले जनाएको छ ।

यस वर्ष पूर्वको इलाम,पान्थर र ताप्लेजुङमा याक्थुङ लिम्बु भाषाको परिक्षा भएको थियोे । पान्थर पृथ्वी माबि यासोक, खलंगाटार मा.बि याङनाम,सत्यहाङमा मा.बि,इम्बुङ ताप्लेजुङको सेवा मा.बि फक्ताङलुङ गाउपालिका र इलामको सरस्वती मा.बि माङ्सेबुङ केन्द्रमा परीक्षा सम्पन्न भएको थियो ।
याक्थुङ लिम्बु भाषा कक्षा १२ को नियमित , आंशिक , प्राइभेट र कक्षा ११ को नियमित , आंशिक , प्राइभेट परिक्षाको सिम्बोल नम्बर सहित नतिजा प्रकाशन भएको सत्यहाङमा माबि कक्षा ११ र १२ का याक्थुङ लिम्बु भाषाका सहजकर्ता शेरबहादुर लिम्बुले जनाए ।
उच्च तहमा याक्थुङ भाषाकाे अध्ययन अध्यापन गर्ने हिसाबले १३ वर्षअघि सत्यहाङ्मा उच्च माविमा कक्षा ११ मा लिम्बु भाषा तथा साहित्य विषयको अध्ययन सुरु भएको शिक्षक मलिसा याक्थुङ्बाले बताए । अर्को वर्ष कक्षा १२ मा सुरु भएसँगै ०६८ मा लिम्बु विद्यार्थी मञ्चले लिम्बुवान क्षेत्रका सबै उमावि तहमा पठनपाठन हुनुपर्ने माग राख्दै भाषिक आन्दोलन चर्काएपछि धरानकाे पब्लिक उमावि, इलामको सरस्वती उमावि, धनकुटाकाे वसन्तटार उमावि, झापाको राष्ट्रिय रमणीय उमावि र पान्थरकाे पृथ्वी उमावि पठनपाठन गर्ने सहमति भएको थियो । लिवि मञ्चसँगै लिम्बुवानसम्बद्ध विद्यार्थी सङ्गठन सङ्घीय विद्यार्थी युनियनले थप आन्दोलन चर्काएपछि ०६९ माघमा नेपाल सँस्कृत विश्वविद्यालयमा समेत विषय पढाउने समझदारी भएको थियोे ।
नेपालकाे संविधान, ०७२ ले स्थानीय सरकारलाई कक्षा १२ सम्म आफ्नै पाठ्यक्रम बनाएर स्थानीय तहमा मातृभाषामा पठनपाठन गर्ने अधिकार समेत प्रत्यायोजन गरेको छ ।
#याक्थुङ भाषा #याक्थुङ लिम्बु
प्रतिकृया दिनुहोस्