मङ्गलबार लिम्बुवान, किरात संघर्ष समितिले पुनः संसद भवन घेराउ गर्दै
विजयपुर । प्रदेश नम्बर एकको नाममा पहिचान कायम गर्न भन्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले पुनः आन्दोलनलाई निरन्तरता दिने भएको छ । समितिले प्रादेशिक राजधानी विराटनगरमा मंगलबार पनि संसद भवनअगाडि धर्ना दिने भएको छ ।
बिहीबार दिउँसो मुख्यमन्त्रीको कार्यालयआगाडि मात्रै सातौँ हजारको संख्यामा उपस्थित भएर नेता कार्यकर्ताहरूले नारा जुलुस गर्दै लिम्बुवान, किरात प्रदेशका पक्षमा नाराबाजी गरेका थिए । सभालाई लिम्बुवानवादी दलहरूले सम्बोधन गर्दैै नामकरण गर्दा लिम्बुवान र किरात आन्दोलनलाई सम्बोधन हुने नाम लिम्बुवान, किरात प्रदेश राख्न माग गरेका थिए ।
शनिबार बसेको समीक्षा बैठकले मंगलबार समेत संसद भवनअघि धर्ना बस्ने कार्यक्रम तय भएको ३५ संगठनआबद्ध संघर्ष समितिलाई समन्वय गरिरहेको किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले बताए । उनले संसदले लिम्बुवान, किरात इतरका नाम आएमा अस्वीकार गर्दै विद्रोह गर्ने चेतावनी दिए । यसैबीच समितिले साउन ५ गतेको जनप्रदर्शन भव्य एवम् ऐतिहासिक भएको निष्कर्ष निकाल्दै अझ सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको सचिवालय सदस्य एवम् जसपमा लिम्बुवान राष्ट्रिय समितिका मुख्य केदार धिमालले बताए ।
प्रधानमन्त्री देउवालाई राईलाई ज्ञापनपत्र
यसैबीच, लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर लिम्बुवान र किरात नाम जोडिएको प्रदेश बनाउन माग गरेको छ । संघर्ष समितिका कार्यदल सदस्य एवम् जसपा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले संविधानसभाको राज्य पुर्नसंरचना समिति र राज्य पुर्नसंरचना उच्चस्तरीय आयोगको बहुमतले सिफारिस गरेको प्रतिवेदनअनुसार लिम्बुवान, किरात बनाउन माग गरेको बताए । प्रतिनिधिमण्डलमा नेता माखिमसगै नेपाली काङ्ग्रेससम्बद्ध नेपाल लिम्बु संघको तर्फबाट उत्तमसिं थाङ्देन, नेकपा एमालेको नेपाल लोकतान्त्रिक लिम्बु संघबाट अध्यक्ष त्रिवेणी चोङवाङ, नेकपा माओवादी केन्द्रसम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका सचिव भक्त बहादुर पयाङ्गु, संघीय लोकतान्त्रिक राष्ट्रि मञ्चका उपाध्यक्ष विष्णु यक्सो र कियाचु उपाध्यक्ष गोविन्द आङबुङ थिए ।

समितिले काठमाडौँमा गठबन्धन सरकारका दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समेत पार्टी कार्यालयमा भेटेर ज्ञापनपत्र बुझाएको छ । यसैगरी, सोमबार पूर्वमा प्रदेश एकका सांसद एवम् एमाले नेता सर्वध्वज साँवालाई समेत भेटेर ज्ञापनपत्र बुझाएको छ । त्यस्तै, एक टोलीले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोलाई भेटेर समेत प्रदेश नाकरणका विषयम छलफल गरेको संघर्ष समिति, लिम्बुवान प्रदेश समिति सदस्य इक्साहाङ चेम्जोङले जनाए । सात प्रदेशमध्ये एक नम्बर प्रदेशको मात्र नामाकरण हुन बाँकी छ । प्रदेश र संघीय सरकारको चुनावअगावै नाम टुङ्गो लगाउनुपर्ने दबाब प्रदेश संसदलाई छ । प्रदेशमा कुल ९० जना सांसद छन् ।






प्रतिकृया दिनुहोस्