October 25, 2025, Saturday
२०८२ कार्तिक ९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: NRNA UK

गैरआवासीय नेपाली संघ यूकेको दोस्रो प्रत्यक्ष बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ यूकेको दोस्रो प्रत्यक्ष बैठक सम्पन्न

लन्डन । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमाआइतबार भएको संघको दोश्रो प्रत्यक्ष बैठकले एनआरएनए यूकेको कानूनी परामर्श तथा विधान समिति गठन गरेको छ । बैठकले उपाध्यक्ष नारायण कंडेलको संयोजकत्वमा सदस्यहरु सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी सम्मिलित समिति गठन गरेको हो । बैठकमा नयां कार्यसमितिले जिम्मेवारी लिएपछि भए गरेका कामको समिक्षा पनि गरिएको थियो । संस्था सञ्चालन सम्बन्धि प्रमुख दस्तावेज मानिने विधान संशोधनका लागि निकट भविष्यमा विभिन्न क्षेत्रबाटप्रतिनिधित्व हुने गरि प्राविधिक सल्लाहकार थपिने अध्यक्ष प्रेम गाहामगरले जनाए । अध्यक्ष गाहा मगरकाअनुसार ‘विभिन्न राज्य र संघसंस्थाहरुबाट विधान अपडेट गर्न आएका सुझाव सम्बोधन हुने गरि चुस्त दुरुस्तविधान बनाउने संघको योजना रहेको छ। बैठकले गैर आवासीय नेपाली संघ यूकेको उद्देश्य हासिल गर्नका लागि सफलतापूर्वक काम अगाडि बढिरहेकोनिष्कर्ष निकालिएको जानकारी प्राप्त भएको छ । बैठकमा अध्यक्ष गाहामगरले भूतपूर्व गोर्खाहरुको लामो समयदेखि जारी संघर्ष अन्त्यका लागि एनआरएनयूकेले नेपाल सरकारसंग कूटनैतिक पहल गर्ने र यूकेमा रहेका गोर्खा तथा उनीहरुका परिवारलाई परेकासमस्याहरु जस्तैः पेन्सन क्रेडिटको सुबिधा लिएका बृद्ध गोर्खाहरुलाई यूके भन्दा बाहिर गएर एक महिना मात्रबस्न पाउने वर्तमान नियमलाई बढाएर ३ महिना (पूर्व नियमअनुरूप) बस्न पाउने अधिकारका लागि बेलायतकोडिफेन्स् भेट्रान मन्त्रीसंग आगामी मार्च २०२२ मा एनआरएन यूकेको आफ्नै कार्यालयमा ज्ञापन पत्र बुझाउने रकार्यक्रमको संयोजन एनआरएन यूके गोर्खा विभागले गर्ने बताएका थिए। अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका लागि जुन क्षेत्रमा नेपालीहरुको बाक्लो वस्तीछ, त्यस क्षेत्रलाई केन्द्रित गरि मे २०२२ देखि जुन २०२२ भित्र प्रोपजल तथा ज्ञापन पत्र बुझाउने कार्यक्रमएनआरएनए यूकेकै कार्यालयमा आयोजना गरिने पनि जनाए ।  अध्यक्ष गाहामगरले बेलायतस्थित नेपाली समुदाय र नेपालमा खेलाडी एवं खेलकुद विकासका लागि वृहतयोजना ल्याउन आफैं अग्रसरता देखाएका छन् । नेपालमा हुन गइरहेको आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०२२ मा सहभागिताबारे एनआरएनए यूकेले छनौट प्रक्रिया गरि बेलायतबाट खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन नेपाल पठाउने रयसको संयोजकत्व खेलकुद विभागले गर्ने अध्यक्षले जानकारी दिए ।  उपाध्यक्ष तथा च्यारिटी बिभागका संयोजक गोबिन्द खरेलद्वारा हाल सम्म बिभागद्वारा संयोजन गरिएकाकार्यक्रमहरुको संक्षिप्त विवरण तथा आगामी मे २०२२ देखि जुलाई भित्र नेपाल हाउस प्रोजेक्टको लागिच्यारिटी डिनरको आयोजना गर्ने तथा बेलायतको कोरोना भाइरस सम्बन्धि नियमहरु खुला भएको खण्डमा एकबृहत च्यारिटी कार्यक्रम गरिने योजना बनाएको उपाध्यक्ष खरेल ले बताए। खरेलका अनुसार च्यारिटी विभागमाप्रमुख सल्लाहकारहरु: शान्ति थापा कनुवार, डेविड गुरुङ तथा ओम थापा काउचा रहेको र बिभागभित्र आफ्नैप्रमुख संयोजकत्वमा छेमता ढकाल उप-संयोजक, आवेश राई कोषाध्यक्ष तथा ग्यान्जु शेर्पा सदस्य सचिवसहितको बिभाग गठन गरेको पनि जानकारी दिए।   बैठकमा, संघसंस्था विभाग, महिला विभाग, प्रकाशन विभाग, नेपाली नागरिकता निरन्तरता विभाग, धर्म विभाग, दैवी प्रकोप तथा आपतकालीन विभाग, संस्कृति विभाग, व्यापार तथा लगानी लगायत विभागीय प्रमुखहरुलेआफ्नो विभागका क्रियाकलापहरुबारे ‘अपडेट’ गराएका थिए । बैठकमा ‘वान एनसीसी वान प्रोजेक्ट’ छनौट र मापदण्ड निर्धारण गर्नेबारे पनि छलफल भएको थियो । बैठकले एनआरएनए केन्द्रिय अधिवेशनमा बेलायतबाट प्रतिनिधित्व गर्ने डेलिगेट्सका सन्दर्भमा कार्यसमितिलेयसअघि सिफारिस गरेका डेलिगेट्सलाई पूर्ण रुपमा मान्यता दिएर शीघ्र अधिवेशन हुनुपर्ने माग पनि गरेको छ ।बैठकमा बेलायतस्थित गैर आवासीय नेपालीका प्रत्यक्ष सरोकारका विषयमा संघको कार्यालयबाट दिन सकिनेसेवाहरुबारे समेत विचार विमर्श गरिएको थियो। अध्यक्ष गाहामगरले दूतावासमा घुम्ती सेवाका लागिकार्यवहाक राजदूत रोशन खनाललाई करिव एक महिना पुर्व नै औपचारिक पत्र पठाइएको जानकारी दिए। बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ । एनआरएनए यूकेमा ‘ट्रष्टी’ थप गर्ने सम्बन्धमा अध्यक्ष प्रेमगाहामगरलाई मुख्य ट्रष्टीमा राखी बांकी च्यारिटी सम्बन्धि काम यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरिएको छ । बैठकले आउंदो ५ मार्च २०२२ का दिन आफ्नै कार्यालयमा महिला दिवस र ६ अगष्ट २०२२ शनिबार संघकोवार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैठकमा कोषाध्यक्ष विष्णु खरेलले हालसम्मको आर्थिक आयव्यायबारे जानकारी दिएका थिए । संघको अर्को प्रत्यक्ष पूर्ण बैठक आउंदो २० मार्च २०२२ आइतबार गर्ने निर्णय भएको छ ।

डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थमन्त्री शर्माकाे आग्रह

डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थमन्त्री शर्माकाे आग्रह

लन्डन । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै मंत्री शर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए। “तपाईंहरुले थोरै सेवा गर्दिनोस्,…

  • डलर एकाउन्टबारे एनआरएनए यूकेकाे कार्यक्रम हुँदै

    डलर एकाउन्टबारे एनआरएनए यूकेकाे कार्यक्रम हुँदै

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपाल सरकारले हालै गैर आवासीय नेपाली (एनआरएन) हरुलाई विभिन्न सुविधा सहित डलर खाता खोल्न दिने भनी गरेको निर्णय बारे जानकारी दिन एक उच्चस्तरीय कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रमलाई अर्थ मंत्री जनार्दन...

  • एनआरएनए इंग्ल्याण्डको भर्चुअल रनफेस्ट उद्घाटन

    एनआरएनए इंग्ल्याण्डको भर्चुअल रनफेस्ट उद्घाटन

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) राज्य समन्वय परिषद इंग्ल्याण्डको आयोजनामा भर्चुअल रनफेस्ट कार्यक्रम सुरु भएको छ । शारीरिक र मानसिक स्वास्थ्यलाई प्रबद्र्धन गर्न एनआरएनए इंग्ल्याण्डले रनफेस्ट आयोजना गरेको हो । शनिबार अंग्रेजी संवत् नयाँ वर्ष २०२२ को उपलक्षयमा अयोजित भर्चुअल...

  • एनआरएनए इंग्ल्याण्डले भर्चुअल दौड आयोजना गर्ने

    एनआरएनए इंग्ल्याण्डले भर्चुअल दौड आयोजना गर्ने

    लन्डन । गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इंग्ल्याण्डले भर्चुअल दौड गर्ने भएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देशकासाथ विश्वभरी छरिएर रहेका नेपाली समुदायलाई तन्दुरुस्त रहनकासाथै स्वस्थ र सक्रिय रहन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।...

  • एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

    एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको प्रेस तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । नियमित भेटघाटअन्तर्गत विभागको बैठक सम्पन्न भएको हो । आइतबार भएको भर्चुअल जुम बैठकमा विभागले आफ्नो आगामी कार्यक्रमहरूबारे छलफल गरेको एनआरएनए यूकेका प्रवक्ता एवम् विभागका प्रमुख...

  • एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला डिसेम्बर एकमा हुने

    एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला डिसेम्बर एकमा हुने

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदहरुको दोश्रो विश्व भेला आउँदो बुधबार हुने भएको छ । पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो । संघभित्र विवाद बढ्दै गइ सरकार विरुद्ध मुद्दामामिला गर्न लागिएको...

Page 4 of 512345