April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

छथर । लिम्बुवान क्षेत्रमा रहेका मुन्धुमविद् एवम् पेगिफाङ्सामहरूकाे भेला छथर थुममा सुरु भएको छ । अरुणपूर्वका नाै जिल्लामा रहेका विभिन्न भाैगाेलिक इलाकाहरूमा अभ्यास हुने मुन्धुमी आख्यान र अभ्यासबारे अनुभव आदानप्रदान गर्न गाेष्ठी सुरु भएको हाे ।

मुन्धुमी अनुष्ठान गर्दै एक साम्बा ।

मङ्गलबार छथर गाउँपालिकाकाे साविक ओख्रेमा रहेको छथरे याक्थुङ लिम्बुहरूकाे माङ्गेन्ना यक्(उत्पत्ति थलाे) रहेको ताक्लुङ यकमा नाै जिल्लाबाट पेगिफाङ्साम(फेदाङ्मा, साम्बा, येबा, येमा, तुम्याहाङ) हरू भेला भएका थिए । याक्थुङ लिम्बु समुदायमा साँस्कृतिक बहस चलिरहेको बेला किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले मुन्धुम गाेष्ठी आयाेजना गरेको अध्यक्ष याेगराज वनेमले बताए । उनले फरक फरक थुममा वाचन हुने मुन्धुम, कर्मकाण्डीय अभ्यास, सँस्कार, सँस्कृतिहरूबारे एकापसमा अनुभव आदानप्रदान गर्न र समानता पहिल्याउन कार्यक्रम राखिएको प्रष्ट्याए ।

Advertisement

छथरकाे मुन्धुमी गाेष्ठीमा सहभागीहरू ।

छथर गाउँपालिका कार्यालयकाे विशेष सहयोगमा भएको कार्यक्रममा मुन्धुमविद्, पेगिफाङ्साम्, चुम्लुङकर्मीहरूकाे सहभागिता रहेको र उक्त गाेष्ठीकाे पहिलो चरणमा नावा चइत् मुन्धुम(सृष्टि वर्णन मुन्धुम) काे सेरोफेरोमा रहेर सबै थुमबाट आएका प्रतिनिधिहरूले आ-आफ्नाे माैखिक आख्यान, जनश्रूति र संस्कारहरू प्रस्तुत गरेको कियाचुका केन्द्रीय सचिव डा. याेगेन्द्र पालुङ्वाले बताए । उनले मुन्धुमहरूकाे अभिलेखिकरण गरिने समेत जनाए । बुधबार भने गाेष्ठीकाे अन्त्य भएसँगै दस लिम्बुवानकाे चाे?लुङ छेउमा पुगेर समापन गरिने उनले बताए । यसैबीच मङ्सिर १७ र १८ मा तेह्रथुमको मेयङलुङ छकलीटारमा भूमिअधिकारसम्बन्धी चुम्लुङ(भेला) पनि आयाेजना हुन लागिरहेको सचिव पालुङ्वाले जनाए । उनले भेला याक्थुङ(लिम्बु) सयङ सहजीकरण समूहकाे आयाेजनामा हुने बताए ।

विभित्र थुमका सहभागीहरू ।
गाेष्ठीमा प्रयाेग भएका माैलिक सामग्रीहरू ।