May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता हुँदै

विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता हुँदै

विजयपुर । पहिचान र संस्कृतिलाई जोगाउन भन्दै विश्वव्यापी भेषभूषा फोटो प्रतियोगिता घोषणा भएको छ । याक्थुङ पहिरनलाई प्रबद्धृन गर्न फोटो प्रतियोगिता आयोजना गरिएको हो ।

याक्थुङ आर्ट एन्ड लिटरेचर गु्रपले आयोजना गरेको ‘विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता २०७८’ का लागि मङ्सिर १७ (डिसेम्बर ३) देखि फोटो पठाउन आह्वान गरिएको छ । याक्थुङ लिम्बुहरुको महान चाडहरू चासोक तङ्नाम, यक्वा पुजा, कक्फेक्वा तङ्नामको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा देश र विदेशमा रहेका मौलिक सांस्कृतिक पोसाकप्रेमी सबै महानुभवहरूलाई सामेल हुन आह्वान गरिएको आयोज ग्रुपकी इन्दिरा नेम्वाङले बताइन् । फोटो पठाउने अन्तिम म्याद पुस १० (डिसेम्बर २५) गते रहेको छ ।

Advertisement

याक्थुङ पहिरनमा चर्चित गायिक मेलिना राई । स्रोत : सामाजिक संजाल

आयोजकको नियमअनुसार फोटोमा अनिवार्य याक्थुङ पोसाक लगाएको हुनु पर्नेछ । प्रतियोगितामा जुनसुकै उमेर समूह र समुदायका महिला पुरुष सहभागी हुन सक्नेछन् । सहभागीको फोटो प्राप्त भैसकेपछि फोटोहरू क्रमशः याक्थुङ आर्ट एन्ड लिटरेचर गु्रपको पेजमा अपलोड गरिने र पोष्ट भएको मितिले १५ दिनसम्म प्राप्त लाइकलाई मूल्याङ्कन गरेर विजेताहरू छनोट हुनेछन् ।
सर्वाधिक मतप्राप्त भएका आधारमा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रूपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको नतिजा माघ एक गते कक्फेक्वा तङ्नाम(माघे संक्रान्ति)का दिन सार्वजनिक गरिनेछ ।

विस्तृत जानकारीका लागि –

https://www.facebook.com/permalink.php?story_fbid=311755130952115&id=100063528918368