April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ आइडलको पहिलो संस्करणको फाइनल डिसेम्बर १२ मा

याक्थुङ आइडलको पहिलो संस्करणको फाइनल डिसेम्बर १२ मा

गान्तोक(सिक्किम) । नियारा प्रोडक्सन सुखिमद्वारा आयोजित पहिलो याक्थुङ आइडल ‘सिजन–१’ को फाइनलमा शीर्ष ६ प्रतियोगीले प्रवेश गरेका छन् । यी छ जना प्रतियोगीले आगामी १२ डिसेम्बर २०२१ को दिन रानीपुल मेलाटारमा हुने फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनलमा प्रवेश गर्ने यी ६ प्रतियोगिहरूमध्ये सुखिमबाट सञ्चमान लिम्बु, सावन लिम्बु, सोहाङ लिम्बु र अञ्जना लिम्बु, आसामकी पिङ्की बेघा र दार्जिलिङका आशिष लिम्बु रहेका छन् । गत नोभेम्बर एकदेखि शुरु भएको ‘याक्थुङ आइडल’ मानुसा टेक्सटाइलले प्रायोजन गरिरहेको छ । गत २६ नोभेम्बरको दिन क्वार्टर फाइनल भएको थियो । जसमा २५ जनाको सहभागिता रहेको थियो । क्वार्टरफाइनलबाट शीर्ष १० जना सेमिफाइनलमा प्रवेश गरेका थिए । सुखिम, दार्जिलिङ तथा आसामबाट याक्थुङ भाषी गायक गायिकाहरूको सहभागिता रहेको थियो । तीमध्ये सुखिममबाट सञ्चमान लिम्बु, सावन लिम्बु, सोहाङ लिम्बु, शाहिल लिम्बू, जगत लिम्बु, लालप्रसाद लिम्बु, अञ्जना लिम्बु र भीमहाङ लिम्बु रहेका थिए भने दार्जीलिङबाट आशिष लिम्बु र आसामबाट पिङ्की बेघा रहेकी थिइन् ।

Advertisement

याक्थुङ आइडलका निर्णायकहरू आरएल खाम्दाक, सुनिता थेगिम र सावन लिम्बु

याक्थुङ जातीको भाषा, संस्कृति तथा गीत,सङ्गीतको संरक्षण एवं विकासमा टेवा पुर्याउने मूल उद्देश्यसहित आयोजित याङ्थुङ आइडल ‘सिजन–१’ मा नेपाली सङ्गीत जगतका प्रसिद्ध गायिका सुनिता थेगिम, सुखिमबाट गायकद्वय सावन लिम्बु र आरएल खाम्दाक निर्णायक मण्डलीमा रहेका छन् । २८ नोभेम्बरको दिन सम्पन्न सेमिफाइनल राउण्डमा अतिथि निर्णायकका रूपमा सरण सावदेनको पनि उपस्थिति रहेको थियो । रानीपुलमा आयोजन भइरहेको याक्थुङ आइडलको सेमिफाइनलमा प्रतियोगिहरूले एकल र युगल गरी दुई दुईवटा प्रस्तुति दिएका थिए ।

स्मरण रहोस् यो याक्थुङ भाषी गीतसङ्गीतको क्षेत्रमा आयोजित ‘याकथुङ आइडल’ पहिलो हो । जसमा सुखिम मात्र नभएर राज्य तथा देश बाहिरका केही गायकगायिकाले भाग लिन सक्ने आयोजक प्रमुख नियारा सुब्बाले बताएकी थिइन् । यसका साथै यस प्रतियोगितामा याक्थुङ जातिले मात्र नभई याक्थुङ भाषा जान्ने बुझ्ने अथवा याक्थुङ भाषाको गीत प्रस्तुत गर्न सक्ने जो कसैले पनि सहभागिता जनाउन सक्ने बताइएको थियो । प्रथम याक्थुङ आइडल सिजन–१ का सम्पूर्ण प्रतियोगीहरूमध्ये ६ जना फाइनलमा प्रवेश गर्न सफल बनेका छन् ।