May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

सिओल । याक्थुङ लिम्बु जातिको महान् पर्व चासोक तङ्नाम दक्षिण कोरियामा रहेका याक्थुङ समुदायले भव्यतापूर्वक मनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक पर्वलाई प्रबद्र्धन गर्दै उनीहरूले चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्दै पर्व मनाएको हो ।

दक्षिण कोरियाको खजे दो मा याक्थुङ सयङको आयोजनामा याक्थुङ लिम्बुहरूको महान चाड चासोक तङ्नाम डिसेम्बर १८ मा मनाइएको थियो । तारिख शनिबार साँझ मनाईएको छ । दक्षिण कोरियाको प्रतिष्ठित पानीजहाज कम्पनी मकभमा कार्यरत याक्थुङ लिम्बुहरूको संस्था याक्थुङ सयङको आयोजनामा चासोक तङ्नाम मनाइएको हो । सो स्थानमा प्रत्येक वर्ष चासोक तङनाम मनाईंदै आएको आयोजक याक्थुङ सयङका सचिव सविन लिङ्खिमले बताए । आफ्नो पुर्खाहरूको रीतिथिति बचाउन र मौलिकता कायम राख्न प्रवासमा पनि चासोक तङ्नाम मनाइएको उनले बताए ।

Advertisement

दक्षिण कोरियाको खजे दो मा याक्थुङ सयङको आयोजनामा भएको कार्यक्रम ।

आफ्नो समुदायको मौलिकता र स्वर्णिम इतिहास कायम राख्न जतै गएपनि मौलिकता भुल्न नहुने भएकोले चासोक तङनाम मनाउने कार्यक्रम तय गरिएको आयोजक संस्थाका कोषाध्यक्ष सनम लिम्बूले जानकारी दिए ।

बुसानमा चासोक तङनाम
दक्षिण कोरियाको बुसानमा भव्यताका साथ याक्थुङ लिम्बुहरूको चासोक तङ्नाम मनाइएको छ । सांस्कृतिक रूपमा चासोक पूजासहित याक्थुङ लिम्बुहरूको पर्व मनाईएको कियाचु बुसान शाखाका अध्यक्ष दिवा वरुम्हाङले जानकारी दिए ।

आफ्नो मौलिक संस्कृति र परम्परालाई कायम राख्न चासोक तङ्नाम मनाइएको आयोजक किरात याक्थुङ चुम्लुङ बुसान शाखाका सचिव सन्जोग कन्दङवाले बताए ।