May 5, 2024, Sunday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमेरिकामा चासोक तङ्नाम

अमेरिकामा चासोक तङ्नाम

न्यूयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा अमेरिकानिवासी लिम्बुहरुले न्यूयोर्कमा चासोक मनाएका हुन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिका अध्यक्ष सुमन थाम्सुहाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै किराया पूर्व अध्यक्ष दिपेश खाम्बेकले सबै याक्थुङ र गैर याक्थुङहरूमा विशेष शुभकामना व्यक्त गरे । साथसाथै आदिवासी र जनजाति लेखक सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्क सेलिङले अमेरिकामा आफ्नो पहिचान जोगाउन चुनौती रहेको तर्क प्रस्तुत गर्दै, विश्व ग्रामको अवधारणा आएको बेला याक्थुङ्हरूको संस्कार, संस्कृति र भाषालाई विश्वव्यापीकरण गर्न सबै याक्थुङ र अमेरिकी नेपालीहरू लाग्नुपर्ने बताए ।

Advertisement

त्यस्तै, शुभकामना आदानप्रदान गर्ने क्रममा लोक चेम्जोङले आदिवासी अन्तर्गत याक्थुङ जातिले नेपालमा हुने राजनीतिक परिवर्तन र आन्दोलनमा सहभागी हुने र सहयोग गर्नुपर्ने कुरा राख्दै सबैमा चासोक तङ्नामको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाका अध्यक्ष केशवराम राईले पनि शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै, कार्यक्रममा कवि विवश बेनामले याक्थुङ लिम्बु भाषामा स्वागत मन्तव्य र गजल प्रस्तुत गर्दा कार्यक्रममा रौनक छाएको थियो ।

फिप्ना अमेरिकाका अध्यक्ष लोक चेम्जोङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा चुम्लुङ नेपालका पूर्वमहासचिव लीला सिङ्गक, आदिवासी जनजाति साहित्यकार लेखक महासंघ, नेपालका वरिष्ठ उपाध्यक्ष टङ्क सेलिङ, पूर्व चुम्लुङ अध्यक्ष वीरेन्द्रहाङ लाबुङ, पूर्व चुम्लुङ अध्यक्ष दीपेश खाम्बेक र युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका अध्यक्ष केशवराम राई लगायत विशेष अतिथि रहेका थिए ।

अन्त्यमा, अमेरिकामा रहने नेपाली, आदिवासी र जनजाति र याक्थुङ जातिको लागि चुम्लुङले सृजनशील कार्यक्रम ल्याउने प्रतिबद्वता व्यक्त गर्दै, चुम्लुङ,अमेरिका अध्यक्ष सुमन थाम्सुहाङ्ले कार्यक्रम समापन गरेका थिए भने कार्यक्रम अमेरिका चुम्लुङका महासचिव सूर्य लिङ्देनले सञ्चालन गरेका थिए ।