May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

विजयपुर । धरानको आर्थिक, सामाजिक तथा भौतिक विकासमा स्थानिय आदिबासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको स्थानिय सरकार प्रमुुख मेयर तिलक राईले बताएका छन् । उनले धरानका समुदाय विच परम्परागत धार्मिक, सांस्कृतिक चाडपर्वले सद्भाव बढाउने, सामुदायका हितको काममा एकजुट हुन अभिप्रेरित गर्ने भूमिका खेल्दै आएको बताएका हुन् ।

उधौली पर्वको अवसरमा किरात याक्थुङ चुम्लुङव्दारा आयोजित चासोक तङनाम मेलाको उद्घाटनको अवसरमा आइतवार उनले भने ‘धरानको विकासमा आदिबासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको छ, जनजातिय चाडपर्वले धरानमा समुदायहरु विच सद्भाव बढाउने भूमिका खेल्दै आएको छ ।’

Advertisement

कार्यक्रममा येबाहरू साँस्कृतिक नृत्य प्रस्तुत गर्दै ।

आइतवार देखी आदिबासी जनजातिको प्रमुख पर्व उधौलीमा किरात समुदायका लिम्बु जातिको चासोक तङनाम, राई समुदायको साकेला, सुनुवारको स्याँदर, याख्खाको चासुवा, नेवार समुदायको यमोरी पून्ही चाडहरु सहित धान्य पूर्णिमाका विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रमहरु धरानमा शुरु भएको हो ।

धरानमा रहेका आदिबासी जनजाति समुदायको भाषा, संस्कृतिका संरक्षण सम्बर्धन गर्न उपमहानगरपालिकाले उनिहरुकै प्रतिनिधित्व रहेका आदिबासी जनजाति विकास समिति गठन गरेर लक्ष्यीत वर्गको बजेट समानुपातिक आधारमा परिचालन गर्दै आएको मेयर राईले बताए । बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक शहर धरानका स्थानिय समुदायका भावना र चाहना अनुसार आफु अघि बढ्ने उनको भनाई थियो ।

साँस्कृतिक सहिद सिरिजङ्गा ।

उनले भने ‘स्थानीय सरकारप्रति समुदायको धेरै आशा भएतापनि सबै कुरा पुरागर्न भने कठिनाईको सामना गर्न परिरहको अवस्था छ ।’ मुलुकमा गणतन्त्र आएर तिन तहको सरकार बने पनि स्थानिय सरकारले पूर्ण रुपमा स्वायत्त निर्णय गरेर चल्ने अवस्था छैन् । कतिपय स्थानिय सरकारको निर्णयमा प्रदेश, संघिय सरकारबाट अवरोध हुने अवस्था रहेको उनले बताए । तथापी धरानमा जेजति विकास, निर्माणका कार्य भएका र भैरहेका छन् त्यस्मा स्थानिय जनसहभागिताको साथ रहँदै आएको मेयर राईको भनाई थियो ।

चुम्लुङ केन्द्रिय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले धरान जनजाति संस्कृति बहुले शहर भएकाले सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बर्धन र विकासमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिदैं चासोक तङनाम लिम्बु समुदायको मुख्य पर्वको रुपमा विकास भैसको बताए । केन्द्रिय सदस्य संगीता सुब्बा, केन्द्रिय सल्लाहकार दुर्गामाया लिम्बु, हर्ष सुब्बा, जिल्ला अध्यक्ष मोहन हुक्पाचोङबाङले चासोक पर्व लिम्बु समुदायलाई सांस्कृतिक रुपमा एक ठाउँमा ल्याउने चाड भएको बताए ।

नगर अध्यक्ष पदमा लिम्बुको सभापतित्वमा भएको समारोह सचिव जयकुमार सम्बाहाङले सञ्चालन गरेका थिए । यसअघि किरात सिरिजंगा लिपिका प्रवर्धक तेयोङसी सिरिजंगाको ३७१ औं जयन्तीको अवसरमा चुम्लुङले धरान–८ तिनकुने स्थित सिरिजंगाको शालिकमा माल्यार्पण गर्नुका साथै च्याब्रुङ सहितको टोली परिक्रमा गरी श्रध्दाञ्जली अर्पण गरेको थियो । यसै गरी अर्को च्याबुङ टोलीले लिम्बुवानको राजधानी विजयपर दरवारक्षेत्र हाङयुक्ना पुगेर पूजा अर्चना गरेको थियो ।