April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आदिवासी जनजाति चलचित्र महाेत्सव सम्पन्न

आदिवासी जनजाति चलचित्र महाेत्सव सम्पन्न

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा आयोजित आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ सम्पन्न भएको छ । संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा पुस ९ र १० गते सो चलचित्र महोत्वसको आयोजना भएको थियो । प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा दुई दिनसम्म संचालन भएको उक्त महोत्सवमा आदिवासी समुदायका विभिन्न १० भाषाभाषीका चलचित्रहरू प्रदर्शन गरिएको थियो । 

प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले कार्यक्रम समुदघाटन गर्दै अहिले इतिहासको हकमा संस्कति र सभ्यता मेटिदै गएको भन्दै यस किसिमको चलचित्र निमार्ण र महोत्सबहरुले आफ्नो कला संस्कृति जगेर्ना र आदिबासी जनजाति समुदायको बिकासका लागी महत्वपुर्ण योगदान सक्ने पुर्‍याउने बताए । साथै आदिबासी जनजाति चलचित्र प्रबद्र्धनको लागी प्रदेश सरकारले आगामी दिनमा सक्ने सहयोग गर्दै जाने पनी बताए । 

Advertisement

आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले यस्ता महोत्सव तथा कार्यक्रमको आयोजनाबाट सम्बन्धित चलचित्रकर्मी र प्राबिधिकहरुलाई थप प्रोत्साहन गर्नुका साथै मौलिक चलचित्रहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सहयोग पुग्ने बताए ।  

आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरूको संरक्षण तथा पर्यटन प्रवद्र्धनको उद्देश्यसहित राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी जनजाति चलचित्र महासंघको सहकार्यमा महोत्सब आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दीपनारायण राजवंशीले जानकारी दिए ।

महोत्सवमा थारु चलचित्र छल्कि, तमाङ चलचित्र नाङ साल र धुर्सा ,माझी चलचित्र बन्थी, मगर चलचित्र जीवाक, गुरुङ चलचित्र मी न्हर्बे ट, लिम्बु चलचित्र के, राइ चलचित्र फुङ्लाम र राजबंशी चलचित्र पुल्टी र चोरकहच्छी प्रदर्शन गरिएको थियो । दुई दिन सम्म संचालित कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।