April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
येले संवत् फेरि चर्चामा आउँदै

येले संवत् फेरि चर्चामा आउँदै

धरान । किरात समुदाय भनिएका राई, लिम्बु, सुनुवार, याख्खा समुदायको नयाँ वर्ष शुरुहुने माघ १ गतेलाई स्वागत गर्न किरात राई योयोक्खा सुनसरीले साताव्यापी कार्यक्रम गर्ने घोषणा गरेको छ । शुक्रवार विहान पत्रकार सम्मेलनको आयोजना गरी यसपाली योले दोङ ५०८२ भव्य रुपमा मनाउने कार्यक्रम सार्वजनिक गरेसंगै येले सम्बत्को काल निर्धारण बारे विद्यमान मतभिन्नता चर्चामा आउने भएको छ ।

ययोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले पत्रकार सम्मेलनमा काल निर्धारणबारे सोधिएको प्रश्नमा भने ‘चार किरातका विव्दानहरु विज्ञहरु सहित काल निर्धारणको मतभिन्नतालाई स्पष्ट गर्ने कार्यमा सकृय छन् ।’ ऐतिहासीक तथ्यको काल गणनामा शंसय विद्यमान रहेकाले यसपाली चल्दै आएको गणना अनुसार येले सम्बत ५०८२ मनाइन लागिएको उनले बताए ।

Advertisement

येले सम्बत्को आधिकारीक गणनाको बहस २०६५ देखी भएको हो । प्राज्ञ अमर तुम्याहाङ अनुसार सन् २००९ मा प्राज्ञ वैरागी काइँलाको पहलमा भएको किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय गोष्ठीले निश्कर्ष सहित येÞलेÞ संवत् घोषणापत्र–२००९ जारी ग¥यो । २०६७ मङ्सिर २८ मा येÞलेÞ संवतको काल निर्धारण गर्न गोपालराज वंशावलीलाई मुख्य आधार मान्ने निर्णय गर्दै इतिहासकार प्रा. डा. जगदीशचन्द्र रेग्मीव्दारा २०६६ मा प्रस्तुत ३१ औँ किरात राजा खुरांजको शासन काल १८ वर्ष उल्लेख भएको तर मञ्जुल याक्थुम्बाले उक्त शासन काल १८ वर्ष नभई ७८ वर्ष भएको राय राखेपछि काल गणनामा मतभेद देखिएको थियो ।उक्त मदभेदलाई टुंगो लगाउन सत्यतथ्य प्रमाण हेरी स्रोत व्यक्तिहरू र किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिको संयुक्त पहलमा किटान गरी किरात समन्वय समितिमा पेश गर्ने निर्णय गरेको थियो । सोही अनुसार सन् २०१० मा प्राडा रेग्मी, मञ्जुल र शङ्कर साम्पाङ राईले राष्ट्रिÞय अभिलेखालयको आधारमा ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष वा ७८ वर्ष हो भन्ने पुष्टि गरे ।

इतिहासकार तथा लिपि विशेषज्ञ ऐश्वर्यधर शर्मा, लिपि विशेषज्ञ सिद्धिरत्न शाक्य, अभिलेखालय प्रमुख भीम नेपाल र अनुसन्धान अधिकृत राजु रिमालको रोहबरमा बसेर गरिएको गोपालराजवंशावलीको मूलप्रतिको परीक्षण पश्चात् ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष नभई ७८ वर्ष नै रहेको पुष्टी भयो ।तर, यसअघि मनाउँदै आएको येले सम्बत् काल र नयाँ निर्धारित कालमा झण्डै २ हजार वर्षको फरक रहेपछि यो सम्बत् मनाउँदै आएका किरात समुदाय सम्बद्ध संगठनहरुले प्रचलनमा रहेको काललाई नै आधार मानेर नयाँ वर्ष मनाउँदै आएका छन् । उनिहरुले काल गणनाको ऐतिहासीक तथ्य आधारको खोजीमा त्रुटी भएकोले थप अनुसन्धान गर्न आवश्यक भएको बताउँदै आएका छन् ।

सोही अनुसार यसपाली येले सम्बत् ५०८२ नयाँ वर्ष मनाउने तयारी गरिएको हो । यायोक्खाले यले सम्बत्को नयाँ वर्षलाई विशेषत प्रदेश १ को नामाकरणको माग संग जोडेर मनाउने तयारी गरिएको जनाएको छ । यो सम्बत् किरात समुदायको मौलिक सम्बत् भएकोले यस्लाई राज्यले प्रचलनमा ल्याउनु पर्ने माग सहित प्रदेश १ लाई किरात प्रदेश नामाकरण मागको अभियानमा सबै समुदायलाई सहभागी गराउन यसपालीको येले दोङ कार्यक्रम केन्द्रित रहेको अध्यक्ष राईले बताए । पुष १६ देखी शुरु हुने कार्यक्रम ३० गते सम्म दैनिक सञ्चालन हुनेछन् । भानुचौकमा हुने मुख्य कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथि रहने छन् । सांस्कृतिक प्रदर्शन समेत रहेको समारोहमा मदन पुरस्कार विजेता साहित्यकार श्रवण मुकारुङले सार्वजनिक रुपमा कार्यपत्र प्रस्तुत गर्ने प्रचार प्रमुख विकास चाम्लिङ राईले बताए । पत्रकार सम्मेलन सञ्चालन यायोक्खा सचिव नविन राईले गरेका थिए ।