May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
८५  वर्षको उमेरमा लिम्बुनी कथाकारको तेश्रो कथा सङ्ग्रह

८५ वर्षको उमेरमा लिम्बुनी कथाकारको तेश्रो कथा सङ्ग्रह

विजयपुर । याक्थुङ लिम्बु मातृभाषी खड्गमाया तुम्बाहाङफे लिङथेपले ८४ वर्षको उमेरमा नेपाली भाषामा तेश्रो कथा सङग्रह “नरमाया पागल भई” प्रकाशित गरेकी छन् । यस अघि उनको “सावरमती”, पूर्खाका किर्तीहरु, वैशाली कथा सङ्ग्रह प्रकाशित छन् ।

नयाँ कृति कोरोना महामारी विच २०७७ माघमा प्रकाशित भएको हो । उनका छोरा लिम्बू ईतिहास, भाषा सन्स्कृतिका अनुसन्धाता उत्तम लिङथेपका अनुसार पुस्तक विमोचन गरि सार्वजनिक इच्छा कोरोना महामारीले पूरा हुन सकेन । कविता लेख्नमा पनि रुचि राख्ने अामा खड्गमाया अहिले ८५ ओेैँ वर्षमा लाग्दा पनि नियमित लेखन कार्यमा तल्लिन रहने गरेको लिङथेपले बताए । अब अर्को कृति तयार भए त्यस्लाई विमोचन कार्यक्रम बाटै सार्वजनिक गरिने उनको भनाई छ ।वयोवृध्दा कथाकार खड्गमायाको जन्म १९९४ माघ १७ गते हाल तेह्रथुम मेयङलु तम्फुला-४ मा भएको हो । स्वअध्ययनबाट शिक्षित अहिले पनि मसिना अक्षर पढ्छन् र लेख्छन् ।

Advertisement