प्रदेश एकको नाम ‘लिम्बुवान किरात’ हुनुपर्छ – फोनिज
मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो प्रादेशिक महाधिवेशनले प्रदेश नम्बर १ को नाम ‘लिम्बुवान किरात’ हुनुपर्नेमा जोड दिएको छ ।

पुस २९ गते पथरी, मोरङमा भएको महाधिबेशनले घोषणा पत्र जारी गर्दै सो माग गरेको हो । ११ बुँद्धे घोषणा पत्रको पहिलो बँुदामा भनिएको छ, ‘प्रदेश एकको नामाकरण पहिचान र सामथ्र्यका आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ यथाशीघ्र नामांकन गर्न जोडदार माग गर्दछ ।’ घोषणापत्रमा प्रदेश १ मा रहेका सबै खाले सञ्चार प्रतिष्ठानलाई आदिवासी जनजातिमैत्री बनाउनुपर्ने, आदिवासी जनजाति पत्रकारहरुलाई सञ्चार प्रतिष्ठानमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ ।
महाधिवेशनले प्रदेश एक अध्यक्षमा सन्तवीर लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक समिति निर्वाचित गरेको हो । समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी निर्वाचित भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा प्रेम देवान निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा वसन्त पालुङ्वा, मोहन तामाङ, संदीप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मीला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल निर्वाचित भएका छन् । त्यस्तै, खगेन्द्र कुलुङ, अतीत योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलवी लाओती र बाबुराम मुडियारी निर्वाचित भएका छन् ।
लेखा समितिका संयोजकमा महेन्द्र मादेन र सदस्यहरूमा दिपक राई र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन् । अनुशासन समिति संयोजकमा वीरबहादुर पापो र सदस्यहरुमा सोनीकुमार आङ्देम्बे र विजयकुमार राई निर्वाचित भएका छन् । महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस्तो छ ११ बुँदे पथरी शनिश्चरे घोषणापत्र
१. प्रदेश १ को नामाकरण पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ यथाशीघ्र नामांकन गर्न जोडदार माग गर्दछ ।
२. प्रदेश १ मा रहेका सबै खाले सञ्चार प्रतिष्ठानलाई आदिवासी जनजातिमैत्री बनाउन सम्बन्धित सबै पक्षसँग माग गर्दछौं । साथै, आदिवासी जनजाति पत्रकारहरुलाई सञ्चार प्रतिष्ठानमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दछ ।
३. प्रदेशस्तरीय आदिवासी जनजाति आयोग/प्रतिष्ठानको गठन गरियोस् ।
४. आदिवासी जनजातिका राष्ट्रिय भाषाहरुमा प्रकाशन हुने पत्रपत्रिकाहरुलाई विशेष सुविधाको व्यवस्था गरियोस् ।
५. आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि, वृत्ति विकास र पेशागत सुरक्षाको प्रत्याभूति हुने गरी कार्यक्रम लागू गरियोस् ।
६. आदिवासी जनजातिहरुले संचालन गरेका रेडियो, पत्रपत्रिका, अनलाईन लगायतका सञ्चार माध्यमलाई विशेष सुविधासहित संरक्षण गर्ने नीति निर्माण गरी कार्यान्वयन गरियोस् ।
७. कोभिड १९ को नयाँ भेरियन्टबाट स्वास्थ्य सेवा लगायतका विभिन्न सुविधा निःशुल्क प्रदान गरियोस् । साथै, सञ्चार संस्थाहरुलाई विशेष सेवा सुविधा प्रदान गरियोस् ।
८. श्रमजीवि पत्रकार ऐनको प्रभावकारी ढंगले व्यावहारिक कार्यान्वयन गरियोस् ।
९. महिला, अल्पसंख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायलाई पत्रकारिताको मूल प्रवाहमा ल्याउन विशेष कार्यक्रमको व्यवस्था गरियोस् ।
१०. पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा आदिमकालदेखि बसोवास गरिरहेका धिमाल जातिहरुको ऐतिहासिक थातथलो (ग्रामथान)हरुको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न स्थानीय सरकारसँग जोडदार माग गर्दछ ।
११. यो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछ ।
.
बेघाद्वारा सम्पादित ‘अग्रगामी कदम’ सार्वजनिक
मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रादेशिक समिति (प्रदेश नम्बर १)ले आफनो मुखपत्र ‘अग्रगामी कदम’ सार्वजनिक गरेको छ । पुस २७ गते मंगलबार फोनिजको दोस्रो प्रादेशिक महाधिबेशनको उद्घाटन समारोहमा मुखपत्रलाई सार्वजनिक गरिएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री माननीय इन्द्र बहादुर आङ्बो, फोनिज संघीय अध्यक्ष दण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, संघीय सचिवद्धय मिलन लिम्बु तथा कमन देवान, इञ्चार्ज दिपेन राई, अग्रज पत्रकार सञ्जय सन्ताषी राई, कौशल चेम्जोङ, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, समाजवादी प्रेस संगठन नेपाल प्रदेश नम्बर १ का अध्यक्ष बन्धु पोखरेललगायले मुखपत्र सार्वजनिक गरेका हुन् । फोनिजका उपाध्यक्ष फिपराज बेघाद्वारा सम्पादित ‘अग्रगामी कदम’को सम्पादक मण्डलमा फोजिनकी उपाध्यक्ष भुमिका फियाक, महासचिव विदुर खवास र कोषाध्यक्ष सुशन रुङमाङ रहेका छन् । १३२ पृष्ठको मुखपत्रमा फोजिनको १४ जिल्ला शाखा तथा प्रादेशिक समितिको सांगठनिक गतिविधि, अभिलेख, समाचार, फोटो फिचर, लेख रचना, अन्तवार्ता समिटिएको सम्पादक फिपराज बेघाले जनाएका छन् ।
फोजिनका संघीय सचिव कमन देवानद्वारा लिखित ‘समावेशीकरणको सवाल र फोनिज आन्दोलन’ शीर्षकको लेख, गणेश वाम्बुले राईद्वारा लिखित ‘सिरिजंगा लिपि अब प्रदेश–१ को साझा शीर्षकको लेख, लिम्बु पत्रकार संघका सचिव दिनेश मिभक सुब्बाद्धारा ‘लिम्बु पत्रकार संघको अवस्था’ शीर्षकको लेख, फोनिज प्रदेश सदस्य विजय धिमालद्वारा लिखित ‘धिमाल जातिको संक्षिप्त परिचय र पत्रकारिता’ शीर्षकको लेख पुस्तकमा समेटिएको छ ।
#पहिचान #लिम्बुवान राजनीति


प्रतिकृया दिनुहोस्