May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘स्थानिय चुनावमा गठबन्धन विच तालमेल हुन्छ’  प्रदेश १ को नामाकरण किरात लिम्बुवान – जसपा नेता राई

‘स्थानिय चुनावमा गठबन्धन विच तालमेल हुन्छ’ प्रदेश १ को नामाकरण किरात लिम्बुवान – जसपा नेता राई

विजयपुर । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले जेठमा हुने भनिएको स्थानिय तहको चुनावमा गठबन्धन दलहरु विच तालमेल हुने बताएका छन् । सत्ता सहभागी दलहरुको शनिवार बसेको दोश्रो बैठकले २०७९ जेठमा स्थानिय तहको चुनाव गर्न सहमति कायम गरे लगत्तै धरानमा आइतवार आयोजित पत्रकार भेटघाटमा वरिष्ठ नेता राईले उक्त कुरा बताएका हुन् । निर्वाचनको मिति भने घोषित भैसकेको छैन् ।

स्थानिय चुनावमा सिटको तालमेल गर्न धेरै कठिन भएतापनि गठबन्धनको संस्कृतिलाई प्रदेश र संसदको चुनाव सम्म अघि बढाएर लैजाने उदेश्य अनुसार स्थानिय चुनावमा पनि तालमेलको सहमतिका लागि प्रयास गरिने उनले बताए । उनले भने ‘स्थानिय तहको चुनावमा तल्लो तहदेखी धेरै प्रतिनिधित्वका लागि धेरैको सहभागीता हुने भएकाले सहमति कठिन हुने भएतापनि तालमेलको प्रयास भने हुन्छ ।’ गठबन्धनको बारेमा बाहिर जस्तो सुकै कुरा आएपनि यस्लाई संसदीय चुनाव सम्म लिएर जाने कुरामा विवाद नभएको उनको भनाई छ ।

Advertisement

गठबन्धन सरकार चुनाव पछि सार्ने पक्षमा नभएको बताउँदै वरिष्ठ नेता राईले भने ‘संविधान र ऐन बाझिएकाले संविधान वा ऐनको कुरालाई कार्यान्वयन गर्ने कुरमा छलफल भएको हो ।’ संविधान र ऐन बाझिाएको हो भने यस्को निरुपणका लागि सम्बैधानिक अदालm सम्म जानुपर्ने हुन्छ । यस्लाई अन्योलमा राख्न हुन्न । संविधानको भावना अनुसार ऐनमा संशोधन गरेर जेठमा चुनाव गर्ने सहमति भएको हो भने पार्टीलाई आपत्ति नभएको उनले बताए ।

हालै सम्पन्न प्रदेश १ को राष्ट्रिय सभा सदस्य चुनावमा गठबन्धनको उम्मेदवार पराजित भएको घट्ना गठबन्धन भित्र अन्तरघात नभएर व्यक्तिले पार्टीको व्हिप उल्लंघन गर्दा भएको उनले बताए । प्रदेश सांसद तथा मतदाता पार्टीबाट निर्वाचित भएकाले मतदानमा स्वतन्त्र मतदाता हुदैन । उस्ले पार्टीको निर्देशन व्हिप उल्लंघन गर्न मिल्दैन । पार्टी निर्देशन अनुशासन उल्लंघन गर्नेलाई कार्वाही हुनसक्ने संकेत गर्दै उनले यो घट्नाबाट गठबन्धनलाई नकारात्मक प्रभाव नपर्ने बताए । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ को निर्वाचन परिचाल समितिमा वरिष्ठ नेता राई संयोजक थिए ।

प्रदेश १ को नामाकरणको सवालमा वरिष्ठ नेता राईले पार्टीको स्पष्ट मान्यता किरात–लिम्बुवान वा लिम्बुवान–किरात र त्यस्मा शेर्पालुङ थप्ने भएको बताए । उनले भने ‘प्रदेश १ को सिमाङकन पहिचानको आधारमा भएको छैन्, प्रशासनिक आधारमा मात्र सिमाङकन भएकोले पहिचानको संयुक्त नाम उचित हुन्छ ।’ जनता समाजवादी पार्टीको १० प्लस १ प्रदेशको स्पष्ट मान्यता रहेको बताउँदै उनले प्रदेश १ को भूगोलमा किरात, लिम्बुवान र शेर्पालुङ परेकाले नामाकरणमा तिनवटै पहिचान खुल्नु सर्वोत्तम हुने बताए । उक्त तथ्य मदन परियारको राज्य पूनसंरचना सम्बन्धि सम्बैधानिक आयोगको प्रतिवेदनमा उल्लेख भएको वरिष्ठ नेता राईले बताए ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद चल्न नदिई अवरुद्ध गर्दै आएको प्रवृत्तिलाई ‘बालहठ’ भने जस्तै ‘वृद्धहठ’ भएको र त्यस्ले संघीयता कार्यान्वयनलाई प्रभावित गर्न खोजेको आरोप लगाए । वरिष्ठ नेता राईले भने ‘संघीयता लागुगर्न तिनसय बढी कानुन बनाउनु पर्ने दायीत्व संसदलाई छ, तर पटक पटकको संसद अवरुद्ध गर्ने प्रवृत्तिले त्यस्लाई अवरुद्ध गर्द आएको छ ।’ अघिल्ला सरकारका पालामा पनि संसद अवरुद्ध हुँदै आएकोले कानुन बनाउने काममा ढिलाईले संघीयता लागुगर्ने काममा रोकावट आएको उनको भनाई छ ।