April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेशको नाम लिम्बुवान, किरात

प्रदेशको नाम लिम्बुवान, किरात

विजयपुर । प्रदेश १ को नामाकरण पहिचानको आधारमा यस्को भूगोल अनुसार गरिनु पर्ने राजनीतिक दल, जातिय संगठनहरुले माग गरेका छन् । उनिहरुले पछिल्लो समय मुख्यमन्त्री राजेन्द्र राईले यसैपाली जसरी पनि प्रदेशको नामाकरण गर्ने प्रतिबद्धताको स्वागत गर्दै पहिचान सहितको नामाकरण बारे ध्यानाकर्षण गराउने भएका हुन् ।

प्रदेश १ को सिमाङन गर्दा लिम्बुवान, किरातका स्वायत्त क्षेत्रहरुको भूगोल एकै ठाउँमा पारिएकाले प्रदेशको नामाकरण लिम्बुवान, किरातनै हुनुपर्ने माग गरेका छन् । राजनीतिक दलहरु सम्बद्ध जातिय संगठन र पहिचानका लागि संघर्षरत २२ वटा संगठनको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको शुक्रवार बसेको बैठकले उक्त माग गरेको हो । समिति यसअघि नामाकरणको आन्दोलनको क्रममा गठन भएको थियो ।

Advertisement

लिम्बुवान, किरात सङ्घर्ष समितिका घटकहरू ।

वैठकमा नेकपा माओवादीको लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङ्बोले भने ‘पहिचानमा आधारित नामाकरण गर्दा प्रदेशको भूगोल अनुसार लिम्बुवान, किरात वा किरात लिम्बुवाननै गरिनु पर्दछ ।’ यस बारे प्रदेश सभाका सांसदहरु अनभिज्ञ छैनन् । मतदानकै अवस्था आएमा सांसदहरुले विवेक प्रयोग गर्नु पर्दछ । अन्यथा गरिएमा आन्दोलनको सामना गर्नुपर्ने अवस्था आउँछ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देनले प्रदेश सरकारलाई पहिचानको सडक आन्दोलन सम्झना गराउन फेरी सडकमै उत्रिनुपर्ने अवस्था नआवस भनि चेतावनी दिनुपर्ने बताए । उनले भने ‘प्रदेश सभाबाट पहिचान सहितको नामाकरण नभए सडक बाटै पहिचान स्थापित गर्ने तयारीमा लाग्नु पर्ने हुन्छ ।’

आदिवासी जनजाति महासंघ प्रदेश १ का अध्यक्ष प्राध्यापक ध्रुब सुब्बाले मुख्यमन्त्री र राजनीतिक दलहरुले पहिचान लाई जातिको रुपमा हेर्ने गरेकाले ऐतिहासीक पहिचान ओझेलमा पर्न लागेको बताउँदै भने ‘प्रदेश १ को भूगोलमा लिम्बुवान र किरात मिसाइएको छ, त्यसैले प्रदेशको पहिचान सहितको नामाकरण संयुक्त हुनुपर्दछ भन्ने बुझाउन जरुरी भएको छ ।’

जनता समाजवादीका लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेशको नामाकरण लिम्बुवान, किरात नभए ऐतिहासिक भूल हुने बताउँदै त्यस्को लागि दवाद दिन आन्दोलनको आँधी–वेरी उठाउन जरुरी भएको बताए । रुपमासंयुक्त संघर्ष समितिको उक्त बैठकले राजनीतिक रुपमा प्रदेश सरकार, राजनीतिक दलहरु संग लिम्बुवान, किरात नामाकरणका लागि पहल गर्न पहल समिति र स्वतन्त्र बुद्धिजीवितहरुको तुम्याहाङ (अगुवा) छुट्टै समिति गठन गरेको छ ।

बैठकले पहिचान सहितको नामाकरणका लागि दवाव सिर्जना गर्न आन्दोलन तयारी निम्ति जन परिचालन समिती, प्रचार प्रचार समिति, आर्थिक समिति समेत गठन गरेको छ । किरात याक्थुङ चुम्लुङ्को सहजीकरणमा भएको वैठकमा चुम्लुङका केन्द्रिय पदाधिकारी, अगुवाहरुको पनि सहभागीता थियो ।