April 28, 2024, Sunday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘सहिदको सपना’बारे केही कुरा

‘सहिदको सपना’बारे केही कुरा

सन्दर्भ : १४५ औँ प्रथम सहिद लखन थापा मगर स्मृति दिवस

सहिदको सपना रेडियो नाटक सबैले सुन्न योग्य र सुन्नैपर्ने बनेको छ । यसका केही कारणहरू छन् । पहिलो, यो यथार्थ घटनामा आधारित छ । नेपालको वास्तविक इतिहास बुझ्न यो सुन्न आवश्यक छ । दोस्रो, आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

Advertisement

तेस्रो, को हुन् लखन थापा र किन उनलाई नेपालको प्रथम सहिद घोषणा गरियो लगायतका उत्तर यस नाटकले पस्कन्छ । नाटकमा जहानियाँ राणा शासनको विरोध र मुलुकी ऐनमा व्यवस्था भएको कुप्रथाको समेत विरोध गरिएको छ । राणाशासन कस्तो थियो दुरुस्तै उतारेको भान हुन्छ । हुन त, नाटक क्षेत्रका ख्यातिप्राप्त कलाकारहरूको अभिनयले पनि नाटकमा दोष देखाउने ठाउँ दिएको छैन । नाटक सुनेपछि लाग्छ नाटक त यस्तो होस् । सुन्दा पनि आनन्द आउने, इतिहास बुझाउने, ज्ञान दिने र आत्मगौरव जगाउने । हुन त, नाटकलाई नाटकको रूपमै लिइन्छ तर यो सहिदको सपना एक जिउँदो इतिहास हो । इतिहासको पाठ पढाएको मान्न सकिन्छ । सहिदको सपाना नाटकमा जे सुनिन्छ र जानिन्छ, वास्तविक इतिहासहरू पढ्दा पनि त्यही भेटिन्छ । यसर्थ, पनि यो सफल नाटक हो ।

नाटककार विजय हितान र मगर संघ यूकेले प्रथम सहिद लखन थापाको पुनःउत्थानका निम्ति धेरै योगदान गर्नुभएको छ । अनेक योगदानमध्ये यो सहिदको सपना सर्वाधिक रोचक र प्रभावकारी छ भन्न करै लाग्दछ । नाटककार हितानबाट आदि संगीतकार मास्टर मित्रसेनको जीवनीमा आधारित नाटक पनि सुन्न पाइयोस् भन्दै । सहिदको सपना नाटक सबैले एक पटक वा पटकपटक सुनौँ । आफ्नो इतिहासको विरासतलाई सधैँ उच्च बनाऔँ ।

संयोगवश पोखराको लखन चोकबाट प्रथम सहिद लखन थापाको शालिक हटाएको महिनौँपछि भर्खरै मात्र पुनःस्थापित गरिएको खबरले पनि यो नाटकलाई सार्थक तुल्याएको छ । लखन थापाभन्दा अगाडि पनि राणाहरूबाट मारिएकालाई प्रथम सहिद मान्न पर्ने सवालहरू फाटफुट आवाज सुनिए तर शाषकसँग धर्म, जात, सम्प्रदाय मिल्ने र राज्य लाभ लिने समुदायकालाई शाषकले मारेको हकमा यथार्थ राजनीतिक सहिद हुन सक्दैन ।

लखन थापाको हकमा राणासँग धर्म मिल्दैन, जात मिल्दैन, सम्प्रदाय मिल्दैन, राज्यलाभ लिने समुदायमा पर्दैन र विशुद्ध राजनीतिक मुद्दा उठाई विद्रोह गरेका कारणले उनलाई नेपाल सरकार र लोकले प्रथम सहिद मानेका छन् । प्रथम सहिद लखनको अर्को अवतारको प्रतीक्षा गर्दै । सहिदको सपना पूरा होस् भन्ने कामनासहित ।

(समीक्षक तिगेला साहित्य, राजनीति, साँस्कृतिक विषयमा नियमित लेख्ने स्तम्भकार एवम् पत्रकार हुन् । उनले बेलायतको क्राइस्ट चर्च विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । सं.)

‘सहिदको सपना’ नाटक सुन्न तल थिच्नुहोस् –