April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

लन्डन । जनता समाजवादी पार्टीनिकट नेपाली समाज यूकेको पहिलो महाधिवेशन आइतबार अल्डरसटमा सम्पन्न भएको छ । महाधिवशेनले कमल प्रसाद थुलुङ राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन पनि गरेको छ ।

बेलायतमा पहिचानको राजनीति गर्ने संगठनमध्ये नेपाली समाजलाई महत्वपूण शक्ति मानिन्छ । पार्टीको प्रवास विशेष प्रदेश समितिमा आबद्ध दुई दर्जन बढी नेपाली समाजहरूमध्ये यूकेको समाज प्रभावशाली मानिन्छ । यहीँ समाजका नवनिर्वाचित अध्यक्ष राईले आफू अध्यक्षमा आए लगत्तै आफ्नो कार्यकालको प्रतिबद्धतासहित सन्देश प्रवाह गरेका छन् ।

Advertisement

प्रस्तुत छ यहीँ सन्देश जस्ताको तस्तै :

जनता समाजवादी पार्टी नेपाल सम्वद्ध नेपाली समाज वेलायतको पहिलो ऐतिहाँसिक महाधिवेशन गत १३ फेब्रुवरी २०२२ आइतवार संगठनका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्ष्तामा अल्डरसट् स्थित एम्पायर ब्याङकेट हलमा दिनको ११ः३० बजेवाट शुरू भएर बेलुकाको ठिक ८ः३० बजेसम्म भव्य र शौहार्द्ध वातावरणमा सम्पन्न भएको छ ।

अल्डरसटको एम्पायर ब्याङ्क्यट हलमा सम्पन्न महाधिवेशन सङ्घीय परिषद अध्यक्ष तथा पुर्व प्रधान मन्त्री डा। बाबुराम भट्टराईले भर्चुअलद्धारा उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए । उक्त सम्बोधनमा पार्टी निर्माणमा प्रवासमा रहेका नेता तथा कार्य कर्ताहरुको महत्वपूर्ण भूमिका रहेको छ भन्नु भयो । बरिष्ठ नेता अशोक राईको बिशेष परिस्थितिको कारण उपस्थित हुन नसक्ने जानकारी प्राप्त भएको थियो । भर्चुयल मार्फत शूभकामना मन्तव्य व्यक्त गर्नु हुनेहरुमा विशेष अतिथि इन्चार्ज तथा केन्द्रीय सदस्य आङकाजी शेर्पा र नेपाली राजदुतावासको कार्यबाहक राजदुत रोशन खनाल रहेका थिए ।

अन्य बक्ताहरुमा सह इन्चार्ज तथा केन्द्रीय सदस्य भगवान चाम्लिङ, केन्द्रीय सदस्य टेक बहादुर थापा, सङ्घिय परिषद सदस्य जङ्ग सुनुवार, जनता समाजवादी पार्टी नेपालका सल्लाहाकार लक्षमन तुलाचन, समाजवादी विध्यार्थी युनियनका केन्द्रीय सचिव रामचनद्र राई, हन्सलो मेयर बिष्णु बहादुर गुरुङ, रसमोर काउन्सिलर जिव बेलवासे, राजनितिक समिति उपसंयोजक र प्रवास विशेष समिति सदस्य तथा पुर्व अध्यक्ष धर्मबहादुर तमाङ, नेपाली समाज वेलायतका सल्लाहाकार श्रीमति शकुन्तला गुरुङ, काङ्गेस पार्टी सम्बद्ध जन सम्पर्क समिति सभापति युवराज गुरुङ र महामन्त्रि इन्द्रहाङ लिङ्देन, नेकपा मावोवादी सम्वद्ध नेपाली जन प्रगतिशिल मञ्च अध्यक्ष मान बहादुर गुरुङ, एन। आर। एन। ए। का पुर्व अध्यक्ष पुनम गुरुङ, आदिवासी जनजाती महासङ्घ वेलायतका अध्यक्ष कर्म पहाडी, नेपाली समाज वेलायतको क्षेत्रिय समितिका सचिव भिम बहादुर गुरुङ, किरात राई यायोख्खा वेलायतको प्रतिनिधि तथा नेपाली समाज वेलायतको क्षेत्रिय समितिका अध्यक्ष विनोद राई तमुधि युकेका अध्यक्ष हितकाजी गुरुङ लगायत थुप्रै बक्ताहरुले बोल्नु भएको थियो ।

अन्य उपस्थितिहरुमा नेपाली समाजका प्रमुख सल्लाहाकार तथा पुर्व अध्यक्ष कमल गुरुङ, कानूनविद तथा बौद्धिक व्यक्तित्व चण्डिका राई, काङ्गेस पार्टी सम्बद्ध जन सम्पर्क समितिका अर्का अध्यक्ष कोपिला लिम्बु, प्रवास समितिका सदस्य लोकेन्द्र तबेबुङ रहेका थियो ।

यस भव्य महाधिवेशनद्धारा कमल प्रसाद राईको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति निर्वाचित भएको छ । नव निर्वाचित कार्य समितिमा विधानले निम्न बमोजिम व्यवस्था गरेको छ ।

उपाध्यक्षहरुमा क्रमशः
१. बल्लभ गुरुङ,
२. हुम कुमारी गुरुङ,
३. समित्रा राई,
४. युमा लिम्बु र
५. विजय लुमफुङ्वा रहेका छन् ।

सचिवमाः
१. मिलन चन्द्र राई

सहसचिवहरुमा क्रमशः
१. लिला सेलिङ माबो,
२. कुमार घले र
३. तेज माबो लिम्बु रहेका छन् ।

कोषाध्यक्षमाः
१. विनोद कुमार राई,

सहकोषाध्यक्षहरुमाः
१. धनकाजी गुरुङ र
२. दिलसिङ मेयाङ्बो लिम्बु रहेका छन् ।

सदस्यहरुमाः
१. क्याप्टेन सुमनचन्द्र राई,
२. प्रश्न कुमार राई,
३. राजेन्द्र नाल्बो,
४. शुभचन्द्र राई,
५. बल बहादुर राई,
६. टिका मादेन,
७. चन्त वनेम,
८. मैत लिम्बु र
९. सन्तविर नेम्वाङ रहेका छन् ।
बाँकी सदस्यहरु कार्य समितिको बैठकले मनोनित गर्ने रहेको छ ।

यसै महाधिवेशन हलले दिएको म्यण्डेटलाई स्मेत मध्ये नजर राख्दै अहिलेको कार्य समितिलाई अघि बढाउने प्रयत्न रहने प्रतिबद्धता ब्यक्त गर्दै नव निर्वाचित अध्यक्षद्धारा प्रस्तुत भावी योजना र कार्यक्रमहरु निम्न बमोजिम प्रस्तुत गर्नु भएको थियो ।

१. यूकेमा भएको पहिचानवादी नेपालीहरूलाई विभिन्न प्रशिक्षण र अन्तर्कृया गराइ बढि भन्दा बढि सङ्ख्यामा सदश्यहरू यस संगठनमा आवद्ध गराउने र संघीयमय बनाउने ।
२. अहिलेसम्म क्षत्रिय कार्य समिति गठन नभएका ठाउँहरूमा यथासक्य गठन गर्ने र क्षेत्रीय समिति भित्र पनि इलाका कार्य समिति गठन गर्न दृढतापुर्वक लागी पर्ने छु ।
३. यूकेमा नेपालीहरूको भावी सन्ततिहरूको भविष्य कता रु। भाषा, सँस्कार सँस्कृतिहरू लगायत विभिन्न विषयमा वुद्धिजिवि र यस विषयमा विज्ञहरू र यूथहरूसँग वर्कशप र छलफल गर्ने ।
४. विभिन्न जातिय संघ संस्थाहरू, व्यापारी संघ संगठनहरूको प्रतिनिधिहरू, बुद्धिजिवि, पेशाकर्मिहरू, सम्बन्धित सरोकारवालाहरूसंग वृहत एवं खुला अनतर्कृया कार्यक्रम गरी यूकेको अल्पकालिन र दीर्घकालिन कार्य योजना बनाउनेछु साथै सबैको सहभागीतामा कार्यदलहरू गठन गरी कर्यन्वयन गर्नेछु ।
५. सञ्चार माध्यम तथा सूचना केन्द्र स्थापना गरी जनसमुदायमा सूचना प्रवाह गर्ने ।
६. आर्थिक क्रान्तिको लागी व्यापारी उद्योगी, विभिन्न दातृ, संघ संस्थासंग भाइचाराको वातावरण श्रृजना गर्ने ।
७. जनता समाजवादी पार्टी नेपालको विधान र नियमावलीलार्इ कटिबद्ध शिर उपर राखी नेपाली समाज वेलायतको विधान र आचार संहिताको पालना गर्दै सङ्गठनलार्इ चुस्त दुरुस्त रुपमा परिचालन गर्ने ।

८. जनता समाजवादी पार्टी नेपाल केन्द्रसंग निम्न पहल कदमि हुनेछ ।

क. भूपू गोर्खाहरूको सवालमा वंशजको आधारमा नेपाली नागरीक्ता निरन्तरता रहनु पर्ने र जो बेलायतको नागरीक्ताको लागी आधिकारीक हुन्छन् उनिहरूले द्धैध नागरिक हुन पाउने सवालमा हाम्रो पार्टी जनता समाजवादी पार्टी नेपाल मार्फत जारी राख्ने कुरा उच्च प्राथमिक्तामा रहनेछ ।
ख. जनता समाजवादी पार्टी नेपालको महाधिवेशनमा यूकेको प्रतिनिधिको कोटाबारे नेपालभित्र जस्तो जनसङ्ख्याको आधारमा नभएर यस सङ्डठनले पुर्याएको योगदानको आधारमा हुनु पर्ने ।
ग. अधिराज्यव्यापी संविधान सभा चुनाव, प्रतिनिधि सभा चुनाव वा प्रादेशिक सभा चुनाव यो जुनै नामबाट हुने निर्वाचनमा उमेद्धारी दिनको लागी यूकेमा रहेका नेपाली समाज मार्फत चुनेको वा सर्वसम्मतले मनोनित गरेको उम्मेद्धारले जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कमिटिले दिएको कोटाबाट नेपालमा उमेद्धारी बन्न सक्ने व्यवस्था विधानमा रहोस भन्ने आग्रह गर्ने ।
घ. बिदेसमा रहेका नेपालीहरुको लागी मतदान दिन सक्ने विधुतिय मतदान व्यवस्थाको आग्रह गर्ने ।

नेतृत्व कठोर हुनु पर्दछ र सहिष्णुता पनि हुनु पर्दछ भन्ने मान्यता राख्दै सर्व प्रथम यस गौरवशाली नेपाली समाज यूकेको गरीमामय पद अध्यक्षमा मलार्इ निर्वाचित गराउनु भएकोमा खुशी व्यक्त गर्न चाहान्छु साथै कार्य समितिमा नव निर्वाचित सवै पदाधिकारीहरू र सदश्यज्यूहरूमा म अध्यक्षको तर्फबाट बधाइ तथा शुभकामना व्यक्त गर्न चाहान्छु र हामि एक अर्कामा पनि बधाइ तथा शुभकामनाको अदान प्रदान गरौ भन्दै आउने कर्यकाल हामि सवैको जोडबलमा सफल रहोस भन्ने कामना पनि गर्दछु ।

विगठित कार्य समितिमा रहेर काम गर्नु भएको सवै पदाधिकारी तथा सदश्यज्यूहरू विभिन्न कारणले यस नव कार्य समितिमा रहन नसक्नु भएको र आफ्नो कार्य व्यस्तताले नबस्नु भएकोहरूमा मेरो आग्रह छ पहिचान र संघीयताको लडाइ लगायत सवै खाले संघर्षहरुमा तपाइहरूको साथ चाहि रहनेछ र सहयोगको लागी आशावादी रहनेछौ साथै तपाइहरूले पनि कूनै न कुनै तरहले सहयोग र सल्लाह दिइरहनु हुनेछ भन्ने आशा व्यक्त गर्दछु । याहाँहरू सवैले विगतमा दिनु भएको आर्थिक, नैतिक र भौतिक सहयोगको यो संगठनले सधै उच्च मुल्याङ्कन् गर्नेछ।

वेलायतको विभिन्न पार्टी, संघसंस्थाहरूको अध्यक्षज्यूहरू लगायत प्रतिनिधित्व गरी महाधिवेशनलाइ भव्य सफल बनाउन र शुभकामना मन्तव्य दिनु हुने सवैमा यस संगठनको अध्यक्ष हुनको नाताले संगठनको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट ठूलो धन्यवाद टक्र्याउन चाहान्छु साथै अनुपस्थित भए पनि फोन र टेक्स्टबाट शुभकामना व्यक्त गर्दै क्षमासूचक जनाउनु हुने सवै ठाउँहरूका शुभेच्छुकहरूलाइ धन्यवाद भन्न चाहन्छु ।

महाधिवेशन व्यवस्थापन समितिका समयोजक अध्यक्ष चन्द्र गुरुङ लगायत सवै सदश्यहरूमा पनि धन्यवाद भन्न चाहान्छु । तपाइहरूको सकृयताविना यो महाधिवेशन सभ्य र सफल हुन सक्दैन थियो । यो महाधिवेशन सफल बनाउन जो जसले जहाँबाट जे जति सहयोग गर्नु भएका कार्य समितिका सवै सदस्यहरुलाई धन्यवाद छ ।

यति धेरै ठूलो सङ्ख्यामा नेपाली समाज यूकेको कार्य समितिमा प्रवेश गर्नु हुने पहिचानवादी, लोकतन्त्रवादी र संघीयवादी सवै सदश्यहरूमा स्वागत गर्दै बधाइ भन्न चाहान्छु । हाम्रो महाधिवेशनको वारेमा समाचारहरु प्रवाह गर्न विभिन्न मिडियाहरु सिलउटिटायम डट कम, नेपालीपत्र डट कम, हेम गुरुङ र रामचन्द्र राई लगायत सवै समाचार दाताहरुलाई धन्यवाद दिन चाहान्छु ।

अलडरसट स्थित एम्पायर ब्याङकेट हलका प्रोपराइटरज्यूले कार्यक्रमको लागी हल साथै खाना उपलब्ध गराइ सहयोग दिनु भएकोमा उहाँहरूको टिम सवैलाइ धेरै धन्यवाद दिन चाहान्छु ।

अध्यक्ष मण्डल र निर्वाचन समिति टिमको सवै सदश्यहरूले खेलेको भूमिकाको कारण महाधिवेशन सौहार्द्ध वातवरणमा र सहजढंगले सफल बनाउनु भएकोमा उहाँहरूप्रति विशेष धन्यवाद भन्न चाहन्छु ।

अन्तमा सयौको सङ्ख्यामा उपस्थित सम्पुर्ण पहिचानवादी तथा संघीयवादी आमाबुवा, दिदीबहिनी, दाजुभाई र शुभचिन्तक याहाँहरूको गरीमामय उपस्थितिले नेपाली समाज यूकेको महाधिवेशन भव्यताकासाथ शौन्दर्यमय रह्यो साथै शौहार्द्ध वातावरणमा सर्वसम्मतले नयाँ नेतृत्वको चयन हुनमा याहाँहरूको पनि त्यतिकै दायित्व रहेको हुनाले याहाँहरू सवैलाइ मेरो व्यक्तिगत तर्फबाट र नव निर्वाचित समितिको तर्फबाट मुरी मुरी धन्यवाद दिन चाहान्छु साथै आउने दिनहरूमा पनि साथ र सहयोगको अपेक्षा गर्दछौँ ।

जय मातृभुमि

कमल प्रसाद राई
अध्यक्ष
नेपाली समाज वेलायत