April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

टोकियो(जापान) । याक्थुङ(लिम्बु) भाषा र साहित्यलाई कथा विधाको माध्यमबाट प्रबद्र्धन गर्ने हिसाबले किरात याक्थुङ चुम्लुङ जापानले कथा संग्रह प्रकाशन गर्ने भएको छ । चुम्लुङ जापानले ‘याक्थुङ खेदा? लक्–थिक् (याक्थुङ कथा, भाग–एक) कथा संग्रह प्रकाशन गर्दै कथा विधालाई प्रचार प्रसार गर्न लागेको हो । संग्रहका लागि कथाकारले नाम्धिङ्गो फन्टमा कथासँगै आफ्नो संक्षिप्त परिचय समेत पठाउनुपर्ने छ ।

चुम्लुङ जापानका महासचिव एवम् संग्रहका सम्पादक मुक्साम लाओतीले कथाहरू पठाउन याक्थुङ भाषाका कथाकारहरूलाई आह्वान गरिएको बताए । उनले २०७८ चैत २९ गतेसम्म कुनै पनि विषयवस्तुमा लेखिएको अप्रकाशित कथा पठाउनुपर्ने जनाए । ‘संसारभरका जुनसुकै कुनाबाट भएपनि याक्थुङ भाषामा लेखिएको कथा हुनुपर्नेछ । यसका लागि चैत २९ सम्म कथा हाम्रो ठेगानामा आइसक्नुपर्छ,’ उनले भने, ‘संग्रहमार्फत् याक्थुङ समाजका विभिन्न पाटाहरू उप्किने आशा गरेका छौँ ।’ उनले संग्रहका लागि विगत आठ वर्षदेखि काम थालेको समेत बताए ।

Advertisement

लगभग दुई दशकदेखि याक्थुङ भाषा र सिरिजङ्गा लिपिको प्रचारप्रसार र प्रबद्र्धनमा लागेका लाओती पान्थर जिल्लाको कुम्मायक कुस्सायक गाउँपालिकामा रहेको याःसकका सर्जक हुन् । लाओतीले यसअघि साहित्यकार राज माङ्लाकसँग मिलेर विभिन्न कविहरूको सिर्जना समेटिएको कविता संग्रह ‘याक्थुङ साम्मिला, लक्–थिक्’ सम्पादन गरिसकेका छन् । उनी सिरिजंगा रिसर्च सेन्टरबाट प्रकाशित हुने त्रैभाषिक जर्नल ‘लाइक् जर्नल’ का प्रधान सम्पादक समेत हुन् ।

निशेष आङ्देम्बेद्वारा लिखित ‘थिक् निसेन्’ (निबन्ध संग्रह) ।
मलिसा याक्थुङ्बा लिम्बुद्वारा लिखित ‘केयुक्ना नु आयुक्ना’ (निबन्ध संग्रह)।

चुम्लुङ जापानमै यसअघि भाषा तथा साहित्य विभाग प्रमुख रहँदा लाओतीले मलिसा याक्थुङ्बा लिम्बुद्वारा लिखित ‘केयुक्ना नु आयुक्ना’ (निबन्ध संग्रह), निशेष आङ्देम्बेद्वारा लिखित ‘थिक् निसेन्’ (निबन्ध संग्रह) र चुम्लुङ जापानको मुखपत्र ‘मुक्कुलुङ्मा’ सम्पादन गरिसकेका छन् । भाषा र लिपिलाई प्रचार प्रसार गर्दै लेख्य परम्परालाई अघि लैजान साहित्यका विभिन्न विधामा पुस्तक प्रकाशित गर्ने नीति बनाएको कियाचु जापानका अध्यक्ष सुदीप पालुङ्वाले बताए ।

सन् २०१२ मा स्थापना भएको कियाचु जापान ।