April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘हिन्दूवादकाे प्रभावका कारण लिम्बु र आदिवासी महिलाहरू विभेदमा परेका हुन्’ – आदिवासी अभियन्ताहरू

‘हिन्दूवादकाे प्रभावका कारण लिम्बु र आदिवासी महिलाहरू विभेदमा परेका हुन्’ – आदिवासी अभियन्ताहरू

काठमाडौैं । नेपालका गैरआदिवासी जनजाति महिलाहरु राजनीतिक, धार्मिक र पितृसत्तात्मक सोचका कारण विभेदमा परेको वक्ताहरुले बताएका छन् ।

याक्थुङ युवा मञ्च काठमाडौंद्वारा आयोजित ‘लिम्बू महिलाहरुको सार्वजनिक उपस्थिती र अवस्था’ विषयक कार्यक्रमा बोल्ने वक्ताहरुले अन्य महिलाहरुको तुलनामा स्वतन्त्र र स्वाधिन रहेको तर पछिल्लो समय हिन्दूवादको प्रभाव लिम्बू महिलाहरुमा पनि परेको उल्लेख गरे ।

Advertisement

‘आदिवासी लिम्बू महिलाहरुमा निर्णय निर्माण क्षमता, स्वाधिनता र स्वतन्त्रता बढी छ । जुन गैरआदिवासी महिलाहरुको तुलनामा । यद्यपि पाराकोनोनियाजम र कोलोनियाजमका कारण शिक्षा र विश्व शिक्षाले आदीवासी जनजाती महिलाको मूल्य मान्यताहरुमा हस्तक्षेप भएको हो,’ त्रिभूवन विश्वविद्यायका सहप्राध्यापक बालकृष्ण माबुहाङले बताए ।

उनले हिन्दूवाद र पितृसत्तात्मक सोचका कारण पनि आदिवासी महिलाहरुको अधिकारमाथि आँच पुगेको उल्लेख गरे । त्यस्तैगरी पाराकोलोनिज्मले दिएको स्रोत, बिज्ञान र ज्ञानले पनि लिम्बू महिलाहरु विभेदमा पर्न थालेको उनले बताए ।

‘पाराकोलोनिजमले दिएका स्रोत, ज्ञान, विज्ञानलाई मुदावाद भनेको भने होइन। तरपनि हाम्रो स्वआत्मको ख्याल नगरी त्यसलाई पूर्णरुपले अंगालेर हिड्न हुँदैन।’

उनले थपे, ‘लिम्बू महिलाहरुमा पूरुषको देवता हुँदैन, महिलाको जग्गा हुँदैन । जस्तै मेरो आमा तुम्वाहाम्फे, मेरो बोजु लावती, हाम्रो कल्चर अनुसार आमाहरुले ल्याउनु भएको साम्माङ देउता । साथै विश्वमै महिला विभेदको कुसंस्कार रहेकाले नेपालमा पनि महिला विभेदको समस्या रहेको छ।’

चुम्लुङ हिममा सम्पन्न कार्यक्रमका सहभागीहरू ।

याक्थुङ लिम्बू समाजका महिलाहरुमा देवता हुने पुरुषमा नहुने र पुरुषमा जग्गा हुने महिलामा जग्गा नहुने संस्कार रही आएको माबुहाङले उल्लेख गरे।

उनले भने, ‘लिम्बू महिलाहरुमा पूरुषको देवता हुँदैन, महिलाको जग्गा हुँदैन । जस्तै मेरो आमा तुम्वाहाम्फे, मेरो बोजु लावती, हाम्रो कल्चर अनुसार आमाहरुले ल्याउनु भएको साम्माङ देवताको भाग मलाई लागेन । सबै दिदीहरुले लगे। मेरो भागमै लागेन । मेरो भागमा लाग्ने चाही श्रीमतीले जे ल्याउछ त्यो लाग्ने हो।’

‘यहाँ पुरुषले किन देउता पाएनन् ? यहाँ पुरुषलाई विभेद भयो । उता जग्गा चाही पुरुषहरुको भयो । महिलाको भागमा जग्गा त पाइन । यो प्रकारका विभेद चाही हाम्रो लिम्बू समुदायमा विभेद छ,’ उनले प्रष्ट पारे ।

त्यस्तै अर्का वक्ता अधिवक्ता अमृता अधिवक्ता अमृता थेबे लिम्बूले विभिन्न धार्मिक, राजनीतिकजस्ता तीन कुराका कारणले लिम्बू महिलाहरुमा विभेद अलि बढी बढेको उल्लेख गरिन्।

‘जनजाती लिम्बू महिलाहरुमा केही भिभेद रहनुमा मैल देखको कुराहरुमा पहिलो पीतृसतात्मक समाज हो । यसमा कहिले महिला हक अधिकारको कुरा उठ्दैन। शारीरिक सम्पर्क, सम्पति र स्वतन्त्रता सबै पुरुषले नियन्त्रण गरेर राख्छ । यो भएपछि महिला अधिकार र परीचयको कुरा उठ्नै पाउदैन । दोस्रो कुरा हिन्दुवादका कारण महिलाको मान्यता र मूल्यका कारण जनजाति महिलाहरुमा नकारात्क प्रभाव परेको छ । जस्तै जयस्थिती मल्लका पालामा खस आर्य महिलाले उसको श्रीमानालाई परदेश गएमा ६ वर्षसम्म पर्खिनु पर्ने । तर सुद्र जातिका महिलाहरुलाई पर्खिन आवश्यक थिएन् । र, तेस्रो कारण सत्ता जस्तो पृथ्वीनारायण साहको पालादेखि नै सत्ताको चहलखेल भयो,’ थेबेले भनिन् ।

नेपालमा पुरुषमैत्री कानुनका कारण पनि महिलाको हक अधिकारका बारेका विषयहरु नउठेको र त्यसकै चपेटामा लिम्बू तथा आदिवासी महिलाहरु पनि चपेटामा परेको वक्ताहरुको भनाइ छ ।

११२औँ अन्तर्राट्रिय नारी दिवसको अवसरमा याक्थुङ युवा मञ्च काठमाडौं अध्यक्ष संगीता सुहाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

(न्यूज२४नेपालटीभीबाट)