May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मगर संघ यूके युएचएसबीमा ऋषिराम

मगर संघ यूके युएचएसबीमा ऋषिराम

फार्नबाेराे । मगर संघ युके युएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना निर्वाचित भएका छन् ।

शाखाको शनिबार भएको पाँचौ अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा बीर बलाल र श्रीमती धना रोका, सचिवमा गणेशबहादुर बुढाथोकी, सहसचिवद्वयमा शेष पल्ली र मिन राना, कोषाध्यक्षमा गोप सिन्जाली र सहकोषाध्यक्षमा पार्वती थापा चयन भएका छन् ।

Advertisement

यस्तै, एडमिन सेक्रेटरीमा रिखीराम राना, सहायक एडमिन सेक्रेटरीमा जमुना पुन राना, साँस्कृतिक सचिवमा गीता पाइजा, साँस्कृतिक सहसचिव शीला थापा, खेलकुद सचिवमा पञ्च पुन, खेलकुद सहसचिवमा रोहित राना छनोट भएका छन् ।

प्रोपर्टी सेक्रेटरीको जिम्मेवारी गुन थापाले पाएका छन् भने लेडिज प्रोपर्टी सचिवमा पार्वती काउछा छानिएका छन् ।
यस्तै, सदस्यहरुमा जमुना थापा, सुनिता भुजेल, नानु राना, विपना पुन (युवा), जसिमा पुन (युवा), विष्णु पुन, हरिबाबु थापा, सुमन श्रीश (युवा) छन् ।

शाखाकी निवर्तवान अध्यक्ष श्रीमती हेमा रानाको अध्यक्षतामा भएको अधिवेशनको संचालन निवर्तवान सचिव बिर बलालले गरेका थिए ।