April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आदिवासी जनजाति समुदायले नेपाली राजदूत आचार्यलाई स्वागत गर्दै

आदिवासी जनजाति समुदायले नेपाली राजदूत आचार्यलाई स्वागत गर्दै

साउथ ह्याराे(लन्डन) । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई बेलायतका आदिवासी जनजाति समुदायले संस्थागत रूपमा भव्य स्वागत गरेको छ ।

स्वागत सम्मान पछि राजदूत आचार्य, उपनियाेग प्रमेख खनाल र राजदूतपत्नी(दायाँ) ।

आदिवासी जनजाति समुदायको बाहुल्य रहेकाे संयुक्त अधिराज्य(यूके)मा रहेका आदिवासी जनजाति समुदायका सङ्गठनहरूले आइतबार लन्डनको साउथ ह्यराेमा राजदूत आचार्यलाई स्वागत गरेका हुन् ।

Advertisement

आचार्य २२ ओैँ राजदूतका रूपमा गत माघ महिनामा राष्ट्रपति कार्यालयबाट नियुक्त भएका थिए । उनी प्रधानमन्त्री शेर बहादुर देउवाका आर्थिक सल्लाहकार समेत रहिसकेका छन् । उनी संयुक्त राष्ट्र सङ्घका पूर्व उपमहासचिव समेत हुन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन), यूके, आदिवासी जनजाति महिला महासङ्घ यूके, आदिवासी जनजाति पत्रकार महासङ्घ(फाेनिज), यूकेकाे संयुक्त आयाेजनामा भएको बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य, फर्स्ट लेडी सुनिता आचार्य र उपनियाेग प्रमुख एवम् प्रवक्ता राेशन खनालकाे ‘स्वागत तथा परिचयात्मक’ कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रम नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाकाे अध्यक्षतामा भइरहेको छ । कार्यक्रममा नेफिनका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, जातीय सङ्गठनका प्रमुख एवम् प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत उपस्थित छन् । कार्यक्रम महासचिव विमला सेनेले सञ्चालन गरिरहेकी छिन् । कार्यक्रम फाेनिज यूकेकी अध्यक्ष गाेमा राना मगरले स्वागत मन्तव्य दिएकी थिइन् ।