जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा
उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालका उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमालले आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष पदमा उठ्ने घाेषणा गरेका छन् ।
पार्टीको उर्लाबारी नगर कार्य समितिको आयोजनामा भएको जसपा उर्लाबारी- २ न. वडा समितिको कार्यालय उद्घाटन कार्यक्रम मार्फत जसपा लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य तथा उर्लाबारी नगर अध्यक्ष धिमालले बैशाख ३० को स्थानीय चुनावमा उर्लाबारी – २ न. वडा अध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
जसपा नेपालका केन्द्रीय सदस्य, मधेश राष्ट्रिय समितिका अध्यक्ष तथा १ न. प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रम मार्फत धिमाल जाति विकास संस्थाका महासचिव समेत रहेका धिमालले उम्मेदवारी घोषणा गरेका थिए ।
उक्त पार्टी उद्धाटन कार्यक्रममा जसपा, नेपालका केन्द्रीय सदस्यहरू बाङ्गाइ धिमाल, केन्द्रीय सदस्य लाेकसागर साम्बा, केस तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओती, संघीय परिषद सदस्य पूर्ण कुरुम्बाङ, लिम्बुवान प्रदेश सदस्य विशाल आङ्देम्बे, लिम्बुवान राष्ट्रिय समिति सचिव संजय राई, प्रदेश सदस्यहरू तारा दवाडी, शान्ता माेक्तान, छत्र चेम्जाेङ, रामकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जसपा, नेपालका उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमाल, स्वागत मन्तव्य उर्लाबारी नगर उपाध्यक्ष सावित्रा याक्खा र सञ्चालन जसपा, नेपाल झापाका नेता दीपक न्यौपानेले गरेका थिए ।
#जनता समाजवादी पार्टी
प्रतिकृया दिनुहोस्