May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कतारमा युमा साम्याे महासभा गठन

कतारमा युमा साम्याे महासभा गठन

दाेहा । याक्थुङ लिम्बु जातिको माैलिक पहिचान र आदिमकालदेखिकाे संस्कार संस्कृति जाेगाउन भन्दै कतारमा रहेका अभियन्ताहरूले युमा साम्याे महासभा गठन गरेका छन् ।

गत शुक्रबार २९ अप्रैल २०२२ का दिन वैदेशिक रोजगारको सिलसिलामा क़तारमा कार्यरत याक्थुङ (लिम्बु) हरुको भेलाले प्रेम आङबुहाङको सम्योजकत्वमा युमा साम्याे महासभाकाे समिति गठन गरेकाे छ । कार्यक्रमलाई घनेन्द्र चेम्जोङले संयाेजन गरेका थिए ।

Advertisement

याक्थुङ (लिम्बु) जातिको उत्पत्तिदेखि निरन्तरता दिँदै आएको याक्थुङ मुन्धुम, संस्कार,भाषा, लिपि,धर्म,संस्कार, संस्कृतिको, इतिहास, सामाजिक रितिथितिको जगेर्ना, संरक्षण, सम्वर्धन र अझ समृद्ध बनाउदै अगाड़ी बढ़ाउदै लैजाने उद्देश्यले महासभा गठन गरेकाे चेम्जोङले बताए ।

अन्य सदस्य र रिक्त पदाधिकारीहरु थप गर्दै जाने गरी आङबुहाङको अध्यक्षतामा ११ सदस्यीय युमा साम्यो महासभाकाे कतार तदर्थ समिति गठन गरिएकाे छ ।

महासभा कतारका पदाधिकारी सदस्यहरू ।

नवगठित कार्यसमितिकाे अध्यक्षमा प्रेम आङबुहाङ, उपाध्यक्षमा घनेन्द्र चेम्जोङ, महासचिवमा बिजय लक्सम, सचिवमा मौसम साम्योक बेघा, काेषाध्यक्षमा पूर्ण कुमार लाओती छन् । त्यस्तै, सदस्यहरूमा सीताराम थेवे, याम बहादुर काङभा लिम्बु, प्रेम हुक्पाचोङबाङ, योगेन माखिम, तिलबिक्रम थेवे र नन्दकुमार माबो रहेका छन् ।

युमा साम्याे महासभा अन्तर्राष्ट्रिय समन्वय समितिअन्तर्गत यूके, साउदी अरब, साइप्रस, मलेसिया, इजरायल, जर्मनी, कतार, कुवेत, हङकङ, ब्रुनाइ, सिंगापुर गरी एक दर्जन बढी मुलुकहरूमा प्रवास सङ्गठनहरू रहेका छन् । महासभाले याक्थुङ समुदायको माैलिक धर्मका रूपमा युमा धर्मलाई प्रचारप्रसार गर्दै आइरहेको छ । महासभा नेपालकाे स्थापना सन् २०१८ मा भएको थियाे । अन्तर्राष्ट्रिय समन्वय समिति प्रवासी अभियन्ताहरूकाे पहलमा २०१९ मा निर्माण भएको थियोे ।