April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

फेदेन । पान्थर जिल्लाको फिदिम नगरपालिका ५ स्थित १६ औं राष्ट्रिय विभूति एवम् किरात धर्मका महागुरु फाल्गुनन्दको कर्मस्थल लब्रेकुटी सिलौटी क्षेत्रको विकासका लागि सरोकारवालासँग छलफल भएको छ ।

नव निर्वाचित जनप्रतिनिधिहरु फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उप मेयर राधाकृष्ण न्यौपाने नेतृत्वका जनप्रतिनिधिहरुले विश्व बैंकका प्रतिनिधि र लब्रेकुटी क्षेत्रको विकास र संरक्षणमा जुट्दै आएका जनप्रतिनिधि र सरोेकारवालासँग छलफल गरेका हुन् ।

Advertisement

छलफलपछिकाे सामूहिक तस्वीर ।

छलफलका क्रममा मेयर काफ्लेले किरात समुदायको आश्थाको धरोहर लब्रेकुटी र सिलौटी क्षेत्रको प्रचार प्रसार संगै स्रोतको पहिचान गरेर विश्वसामु किरात साँस्कृतिक अध्ययन केन्द्रका रुपमा अगाडि बढाउन पहल थाल्ने बताए ।

स्रोत पहिचान गर्दै यस क्षेत्रको विकास र उन्नयनका लागि नगरपालिकाले हरदम प्रयत्न गर्ने भन्दै आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैंया बराबरको कार्यक्रम पेश गर्न पनि सरोकारवालाई उनकाे सुझाव थियो ।

कार्यक्रममा विश्व बैंकका प्रतिनिधि अशोक नाथ श्रीले विश्व बैंकका तर्फबाट यस क्षेत्रको विकासका लागि स्थानीय सरकार र समुदायको साझेदारीमा सञ्चालन भइरहेको नेपाल शहरी शाषकीय तथा पूर्वाधार आयोजना कार्यन्वयनमा ल्याइएको जानकारी दिए ।

लव्रेकुटी व्यवस्थापन तथा सरोकार समितिका तर्फवाट सुवाष तुम्वापोले लब्रेकुटी क्षेत्रका ऐतिहासिक वस्तुहरुको संरक्षण,अतिथि गृह र मेडिटेसन हल निर्माणसँगै खानेपानी,विद्युत,इन्टरनेट र सीसी क्यामेरा व्यवस्थापन आदिका लागि सहयोग आवश्यकता रहेको भन्दै त्यहाँको धार्मिक र ऐतिहासिक महत्वका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, वडा नम्बर ५ का अध्यक्ष भरत तुम्बापोसहित विश्व बैंकको विभिन्न जिम्मेवारीमा रहेका अधिकारीहरु, नगरपालिकाका प्राविधिक र स्थानीयको उपस्थिति थियो ।