April 22, 2024, Monday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

विजयपुर । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान जाेगाउने उद्देश्यले लिम्बु विद्यार्थी मञ्च सुनसरीले केलाङ प्रशिक्षण आयाेजना गर्ने भएको छ । समुदायको नयाँ पुस्तामा माैलिक सँस्कृतिबारे ज्ञान दिने हिसाबले मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्न लागेको हाे ।

प्रशिक्षणबारे जानकारीमूलक ब्यानर । तस्वीर : लिवि मञ्च सुनसरी

लिम्बु विद्यार्थीहरूकाे साझा जातीय सामाजिक सङ्गठनका रूपमा क्रियाशील मञ्चले बुधबारबाट केलाङ प्रशिक्षण गर्न लागेको सुनसरी अध्यक्ष हरि इवाहाङले जनाए । ‘विद्यार्थी र युवा पुस्तामा साँस्कृतिक चेत दिन केलाङ प्रशिक्षण दिन लागेका हाैँ,’ उनले भने । नि:शुल्क बाह्र दिने केलाङ प्रशिक्षढकाे बुधबार ओैपचारिक रूपले सुरु हुनेछ । नियमित तालिम भने बिहीबार दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म धरानको याक्थुङ चुम्लुङ हिममा आयाेजना गरिने अध्यक्ष इवाहाङले बताए । मञ्चको स्थापना २०५५ चैत ६ गते भएको हाे ।

Advertisement

केलाङ नाच्दै विदेशमा युवा पुस्ता । तस्वीर : कियाचु यूके आसफाेर्ड

केलाङकाे शाब्दिक अर्थ याक्थुङ भाषामा च्याब्रुङ नाच भन्ने लाग्छ । ‘के’ अर्थात च्याब्रुङ समुदायको माैलिक र परम्परागत बाजा हाे । याे विवाह, घरपैचाे, अतिथि सत्कार, साँस्कृतिक चाड लगायत विभिन्न अवसरहरूमा नाच्ने गरिन्छ । ‘लाङ’ काे अर्थ नाच हाे । पान्थरे, ताप्लेजुङे, फेदाप्पे(तेह्रथुम), चारखाेले(इलाम), चाैबिसे(धनकुटा) शैलीहरू केलाङका प्रचलित शैलीहरू हुन् ।

लिवि मञ्चको झण्डा ।

किरात याक्थुङ चुम्लुङ सुनसरी अध्यक्ष माेहन हुक्पा चाेङवाङले सहयोग गरेको दस दिने प्रशिक्षणमा कियाचु लिम्बु साँस्कृतिक परिषद सुनसरीका पूर्व अध्यक्ष एवम् कलाकार कुमार हुक्पा चाेङवाङ(कालिका)ले प्रशिक्षण दिनेछन् । तालिममा जुनसुकै समुदायबाट जुनसुकै उमेर समूहबाट सहभागी हुन सकिने आयाेजकले जनाएको छ ।