November 24, 2025, Monday
२०८२ मंसिर ९, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

ललितपुर । याक्थुङ लिम्बु भाषा, कला, साहित्य र सङ्गीतलाई प्रबर्द्धन गर्न नियमित रूपमा आयाेजना हुँदै आएको ‘साप्सक् नु सामइक् साङ्लाम’ काे ९० ओैँ श्रङ्खला सम्पन्न भएको छ । मङ्गलबार भर्चुअल रूपमा आयाेजना गरिएकाे कार्यक्रम सर्जकहरूकाे सिर्जना प्रस्तुतिसहित सम्पन्न भएको थियोे ।

कार्यक्रमकाे ब्यानर ।

कियाचु याक्थुङ पा:न् याक्थुङ साप्सक् यम्बुलुङ, याक्थुङ साप्सक् अकादमी, फक्ताङलुङ सयङ, याक्थुङ वेन्सा चुम्भाे र इमानसिं चेम्जोङ मेमाेरियल फाउन्डेसनले संयुुक्त रूपमा आयाेजना गरेको श्रङ्खला सङ्गीतकार एवम् फक्ताङलुङ सयङका अध्यक्ष यादन शेर्माकाे अध्यक्षतामा भएको थियाे । सञ्चारकर्मी एवम् वृत्तचित्र निर्देशक विष्णु सिङ्गकले सञ्चालन गरेको कार्यक्रममा करिब दर्जन सर्जक र स्रष्टाहरूले याक्थुङ भाषमा कविता, पा:लाम, ख्याली र गीतहरू प्रस्तुत गरेका थिए ।

Advertisement

भर्चुअल कार्यक्रममा सहभागीहरू ।

जसमध्ये, राजेन्द्र केरङ, विष्णु यक्साे, मानध्वाेज इस्वाे, भीमा खजुम, टेक लाओती लगायतले कविता वाचन गरे । त्यस्तै, इन्द्र बहादुर लाओेतीले पा:लाम सुनाए । यस्तै, राजेन्द्र केरुङ र स्मृती लिम्बुहरूले पनि गाएर मनाेरञ्जन दिए । कार्यक्रम तेह्रथुमका चुम्लुङकर्मी एवम् आदिवासी जनजाति समाजका अध्यक्ष तेजमान कन्दङ्वाकाे प्रमुख आतिथ्यमा भएको थियोे ।

कार्यक्रम २०७३ देखि प्रारम्भ भएको थियाे । सुरुवातमा ललितपुरस्थित चुम्लुङ हिममा सुरु भए पनि काेराेना महामारीपछि भने भर्चुअल रूपमा आयाेजना हुन थालेको प्राज्ञ अमर तुम्याहाङले जनाए । कार्यक्रममा कियाचु याक्थुङ पा:न् याक्थुङ साप्सक् यम्बुलुङका अध्यक्ष येहाङ लाओती, कियाचु लिम्बु साँस्कृतिक परिषदका अध्यक्ष गाेविन्द आङबुहाङ, राधिका चाेङवाङ, प्रेम खजुम, जय सम्बाहाङ्फे, मनेन्द्र लिम्बु, सुवास तेयुङ, बेलायतबाट अमित थेवे मिहाङ, साइप्रसबाट स्मृति लिम्बु समेत सहभागी थिए ।