April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आसफाेर्डमा साकेला उभाैली समापन

आसफाेर्डमा साकेला उभाैली समापन

आसफाेर्ड(यूके) । किरात राई समुदायको महान् पर्व साकेला उभा‌ैली बेलायतको दक्षिण पूर्वी क्षेत्रमा पनि सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमसँगै आसफाेर्डमा साकेला उभाैलीका अवसरमा साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न भएको हाे ।

जातीय सामाजिक संस्था किरात राई यायाेक्खा प्रारम्भिक कार्य समिति आसफाेर्डकाे आयाेजनामा भएको साकेला उभाैलीमा सहभागीहरूकाे बाक्लो उपस्थिति रहेको थियाे । किराया यूकेका उपाध्यक्ष मनुस राईकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किराया नेपालका पूर्व अध्यक्ष यसाेदा राई, किराया यूकेका महासचिव देवेन्द्र खेरेस राई, किराया मेडस्टाेनका राजेन्द्र राई, सगरमाथा गाेरखा नेपाली समाज आसफाेर्डका वरिष्ठ सल्लाहकार चक्र राई लगायत उपस्थित थिए । प्राकास आसफाेर्डकी अध्यक्ष वसुन्धरा राईकाे अध्यक्षतामा भएको कार्यक्रम सचिव डिल्लीराम राईले सञ्चालन गरेका थिए ।

Advertisement

साकेलामा रमाउँदै राई र गैरकिराती राई समुदाय ।

नाक्छाेङ हरि साम्पाङले मा‌ैलिक परम्परा र विधि अनुसार अनुष्ठान गरेर साकेला थान चाेखाएर प्रसाद वितरण गरेपछि साकेला सिली सुरु भएको थियोे । काेराेना महामारीको दुई वर्षपछि भाैतिक रूपमा साकेला आयाेजना हुँदा केन्ट काउन्टीका सबै जसाे ठाउँबाट सहभागीहरू आएको अध्यक्ष वसुन्धरा राईले बताइन् ।

नयाँ पुस्ताकाे उपस्थिति ।

हरेक वर्षको बैशाख पूर्णिमाका दिन हुने साकेला उभा‌ैली नेपालका माझ किरात, पूर्वी जिल्ला, काठमाडौं र किराया पुगेको विदेशका सबै मुलुकहरूमा धुमधामसँग मान्ने गरिँदै आएको छ । प्रवासमा रहेर पनि माैलिक पहिचान संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न साकेला आयाेजना गरिएको महासचिव देवेन्द्र खेरेसले बताए ।