April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

फुङलिङ । घरेलु उद्योग र लाेक सीपलाई प्रबर्द्धन गर्न आयाेजित डाेकाे बुन्ने प्रतियोगितामा धनकुटा चाैबिसेका आइत खजुम ‘माक्खक्’ उत्कृष्ट भएका छन् । ताप्लेजुङ ओैद्याेगिक तथा पर्यटन मेलामा आयाेजित प्रतियोगितामा खजुमले बुनेकाे डाेकाे सबैभन्दा उत्कृष्ट घाेषित भएको थियोे ।

गाउँमा डाेकाे बुन्दै खजुम ।

नेपाल घरेलु तथा सानाे उद्योग महासङ्घ ताप्लेजुङकाे आयाेजना तथा प्रदेश नम्बर एककाे उद्योग, श्रम तथा राेजगार मन्त्रालयकाे सहयोगमा प्रतियोगिता भएको थियाे । जेठ २६ गतेदेखि ३० गतेसम्म फुङलिङमा महाेत्सव आयाेजना गरिएको थियाे । प्रदेश एकका उद्योग, श्रम तथा राेजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले विजेता खजुमलाई प्रमाणपत्रसहित नगद पाँच हजार राशीले पुरस्कृत गरेका थिए । आधुनिक सामग्रीले माैलिक कला र लाेक सीप विस्थापित भइरहेको समयमा डाेकाे बुन्ने प्रतियोगिताले लाेक कला र सीपलाई प्रबर्द्धन गर्न सहयोग पुग्ने मन्त्री हाङ्गामले बताए ।

Advertisement

प्रतियोगिता अवलाेकन गर्दै प्नदेश एकका मन्त्री हाङ्गाम ।

वसन्तटार, धनकुटाका खजुम विगत आधा दशकदेखि ताप्लेजुङको खाम्लुङ बस्दै आएका छन् । उनी याक्थुङ मुन्धुम, भाषा, धर्म र कला सँस्कृतिका जानकार व्यक्ति पनि हुन् । उनी विशेषगरी परम्परागत बाजा के(च्याब्रुङ) र यसका नाचका प्रकारका राम्रा ज्ञाता हुन् । दशक लामाे अध्ययन गरेका ४५ वर्षीय खजुमले २०७१ मा ‘च्याब्रुङकाे नालीबेली’ पुस्तक ल्याएका थिए । प्रतियोगितामार्फत आफ्नो कलालाई प्रस्तुत गर्ने अवसर मिलेको प्रतिक्रिया दिँदै भविष्यमा उद्योगसँग जाेड्नुपर्ने धारणा राखे ।

प्रतियाेगितामा डाेकाे बुन्दै प्रतियाेगीहरू ।