April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम गर्दै

बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम गर्दै

लन्डन । बेलायतकाे पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ । समाजले यहीँ १९ जून आईतबारका दिन समाजले भेटघाट कार्यक्रम गर्ने तयारीमा छ ।

फल्कन उडको हलमा हुने कार्यक्रममा  साँस्कृतिक प्रस्तुतिहरू रहनेछन् । व्यावसायिक नर्तकहरू तथा नेपाल स्टारकी विजेता एलिना गुरुङकाे प्रत्यक्ष साङ्गीतिक प्रस्तुति रहनेछ । उत्कृष्ट राफल ड्र पुरस्कारकाे पनि व्यवस्था हुनेछ ।

Advertisement

गायिका एलिना गुरुङ ।

बालबालिकाहरुलाई प्रोत्साहनका लागि पहिलो प्रस्तुति नेपाली कक्षाका बालबालिकाहरुद्वारा नेपाली राष्ट्रिय गीतबाट सुरुवात गरिने कार्यक्रम संयाेजक एवम् उपाध्यक्ष विन्दु गुरुङले बताइन् । उनले पेय पदार्थ र रात्रीभोजका साथ धुमधामले कार्यक्रम मनाउन लागिएको बताइन् ।

बेक्सली नेपाली समाजको एक कार्यक्रम ।

समाजका अध्यक्ष अनन्ध धरेलले उक्त कार्यक्रममा स्वादिलो खाना, चर्चित डिजे र सुन्दर नृत्यहरुको बेजोड समिश्रण रहने भएकोले विशेष र मनोरञ्जनात्मक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रवेशका लागि ६ वर्षमुनि नि:शुल्क, ६-१२ वर्ष सम्मलाई १० पाउन्ड र १२ भन्दा माथिकालाई १५ पाउन्ड टिकट राखिएको मिडिया संयाेजक अहिल्या कुँवरले जनाइन् ।

सामाजिक काममा उल्लेख्य याेगदान पुर्‍याएकाे भन्दै बेक्सली नेपाली समाज(बीएनसी)लाई बेक्सली बाेराे काउन्सिलले गत मे १४ मा उत्कृष्ट उपलब्धि पुरस्कारले सम्मानित गरिसकेकाे छ । बेक्सली नेपाली समुदायलाई स्वैच्छिक र परोपकारी सेवाको लागि यो सिभिक रिकग्निसन अफ आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड २०२२ को साथमा सिभिक अफिसमा बेक्सले बाेरोका मेयर जेम्स हन्टले हस्तान्तरण गरेका थिए ।