April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

लन्डन । वातावरण साहित्यकार विजय हितानद्वारा रचित पर्यावरण गीत ‘शिशिर खेल्छ लुकामारी´‘ काे म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जून का दिन सम्पन्न भएको भर्चुअल कार्यक्रममा यो गीतलाई सार्वजनिक गरिएको हो ।

गीतमा दीपा लामाको स्वर छ भने संगीत थिर थापा मगरले दिएका छन् । एरेन्ज भने कुमार थापाको हो । म्युजिक भिडियोमा प्रमुख अभिनय उदीयमान मोडल सारा मगरको रहेको छ भने पुरुष मोडलमा स्वयं रचनाकार हितानको भूमिका देख्न पाइन्छ ।

Advertisement

म्यूजिक भिडियोका निर्देशक विश्वजित थापा हुन् । उनी फिल्म एन्ड मिडिया विषयमा केन्ट युनिभर्सिटीमा अध्यनरत छन् । भिडियोको सम्पूर्ण छायाङ्कन यूकेको सुन्दर सहर फोक्सटाेन नजिकैको वारन कन्ट्रिपार्क, ह्वाइट क्लिफ र सामुन्द्रिक तटमा गरिएको हो ।

गीतको भिडियो लिङ्कमा थिच्नुहाेस् –

गीतको म्यूजिक भिडियो ।