April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निङ्वा पा:लाम सार्वजनिक

निङ्वा पा:लाम सार्वजनिक

विजयपुर । नेपालको पूर्वी ताप्लेजुङ नाल्बु गाउँका दिल कुमारी साँवा पुसे मेला भर्न आफ्नो साथीहरूसँग जाँदै हुन्छन् । फेदाप थुमबाट आएका सेसेहाङ र उनका साथीहरू पत्र लेखेर धान नाच्न पुसे मेला जाँदै गरेका थाङबेनहरुसित बाटाेमा भेट भै थाङबेनहरू सँग पेरेम लाम र किक्लिके पाराले एक आपसमा पा:लामबाट नै मायाको कुरा गरेर सबै जना पुसे मेला भर्न जान्छन् ।

थाङबेनले मेलामा भेटेर धान नाच्न आउनु भनेर पहिले नै पत्र लेखेका हुन्छन् । सोल्टिनीले उनका गाउँका सबैलाई मेला जाउँ भनेर लाँदै हुन्छिन् । बाटोमा खाजा खाँदै गरेको ठाउँमा पनि सोल्टा समूह त्यस ठाउँमा प्रश्न गर्छन् र बाटोमा नाइ हाम्रो भेट भयो र अब यहाँ पनि एकछिन धान नाचेर पुसे मेला भर्न जाउ सोल्टिनी भनेर केटा समूहले अनुरोध गर्छन् र केटी समूह पनि के कम । पा:लाम हामी पनि जस्तो भन्नु हुन्छ हामि फर्काउला भनेर सोल्टा सोल्टिनीहरुको पा:लामबाट नै मायाको भाव सुरु हुन्छ । उनीहरूकाे पा:लामबाट नै मायाको भाव सकिएर पुसे मेलामा पुन: धान नाच्ने कुरा हुन्छ्न् । सेसेहाङ र दिल कुमारीको समूह पुसे मेला सबै जना लाग्छन् ।

Advertisement

याे थियोे निङ्वा पा:लाम भिडियोकाे कथा संक्षेपमा । आसेवारो प्रोडक्सनको ब्यानरमा निर्मित लाेकेन साँवाकाे कथा र निर्देशनमा भिडियो बनेको छ । मीठो र अर्ग्यानिक पा:लाममा गीतकार नेम खापुङ, लय सङ्कलन दिल कुमारी साँवाकाे रहेको छ । तीस मिनेट लामाे पा:लाम निङ्वासुम च्यानलबाट हेर्न र सुन्न सकिनेछ ।

साथै,  दिल कुमारी साँवा, जीवन केदेम, मनिसा नाल्वाे, सुमन लिम्बु, ज्याेती नाल्वाे, शिव कुमार सम्बाहाङ्फे, कल्पना साम्सोहाङ, डम्बर कुमारी नाल्वाेहरूकाे आवाज रहेको निङ्वा पा:लामको छायाङ्कन अरुण वरुण न्याैपाने,  ड्रोन कमल प्रसाई, सम्पादन विकास दाहालले गरेका छन् । प्राेडक्सनले निङ्वा-२ पनि चाँडै बजारमा ल्याउने भएको छ ।

भिडियो हेर्न यहाँ थिच्नुहाेस् –