April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

अहिल्या कुँवर

लन्डन । बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ मनाउँदै सम्पन्न गरेको छ । बेलायतको पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम आइतबार फल्कन उड हलमा मनाएको थियोे ।

Advertisement

संस्थाका अध्यक्ष आनन्द धरेलको अध्यक्षता सम्पन्न यस कार्यक्रममा लन्डन बरो अफ बेक्स्लीका मेयर -काउन्सिलर निक ओहेरको प्रमुख आतिथ्यमा भएको थियो । मेयरपत्नी मेरी ओहेर विशेष अतिथिका रूपमा आमन्त्रित थिइन् । त्यस्त‌‌, बेक्सली काउन्सिलका काउन्सिलर निगेल बेट्स साथै बिभिन्न संघसंस्थाका अध्यक्षहरू अतिथि रहेका थिए ।

कार्यक्रममा उपस्थित अतिथि एवम् सहभागीहरू ।

कार्यक्रमको उद्घाटन मेयर दम्पती निक र मेरी ओहेरसँगै अध्यक्ष आनन्द धरेल, कार्यक्रम संय‍ोजक उपाध्यक्ष बिन्दु गुरुङ, संस्थापक अध्यक्ष केश बहादुर गुरुङहरूले संयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरेर गरेका थिए । नेपाली कक्षाका बालबालिकाहरुद्वारा नेपाली राष्ट्रिय गीत र बेलायतको राष्ट्रिय गान गाएर कार्यक्रमको सुरूवात गरिएको थियो ।

मन्तव्य दिने क्रममा प्रमुख अतिथि लन्डन बरो अफ बेक्स्लीका मेयर -काउन्सिलर निक ओ’हेरले निमन्त्रणा पाएर आफू यहाँ आएकोमा ख़ुशी व्यक्त गर्दै आफ्ना प्रत्येक कार्यक्रमहरूमा नेपाली समुदायलाई सामेल गराउने प्रतिबद्धता दिए ।

नेपाली समुदायका पछिल्लो पुसताहरू मञ्चमा गीत गाउँदै ।

कार्यक्रममा संयोजक तथा उपाध्यक्ष विन्दु गुरुङले स्वागत मन्तव्य दिएका थिए । विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाइएको वार्षिक कार्यक्रममा संस्थाबाटै केही समय अघि देखि ‘सबैले नाच्न सक्छन्’ भन्ने नाराका साथ सञ्चालन भएको नृत्य तालिम कक्षाबाट नेपाल र नेपालीलाई चिनाउने, नेपालको विभिन्न भेषभूषासहितको नृत्य प्रदर्शन गरिएको थियो ।

विभिन्न एकल नृत्य र सामूहिक नृत्यको साथमा नेपाल स्टार विजेता मीठो स्वरकी धनी एलिना गुरुङकाे प्रत्यक्ष प्रस्तुतिले कार्यक्रममा थप आकर्षण ल्याएको थियो । साथै, भ्वाइस अफ नेपाल सिजन ३ रनर अप, मिस ताराश्री मगरले सबैलाई स्टेजमा नचाएकी थिईन् । यसको साथै नेपाली समुदायमा लोकप्रिय डिजे हेम विष्टले कार्यक्रमलाई संगीतमय बनाएका थिए । साँझ उत्कृष्ट राफल ड्र पुरस्कार पनि राखिएको थियोे । कार्यक्रममा प्रवेशका लागि ६ वर्षमुनि नि:शुल्क, ६-१२ वर्ष सम्मलाई १० पाउन्ड र १२ भन्दा माथिकालाई १५ पाउन्ड टिकट राखिएको थियो ।

केही वर्ष कोरोनाको चपेटाले गर्दा मनाउन नपाईएको दुखलाई भुल्दै यस वर्ष मनाउन पाएकोमा सबै खुसी देखिन्थे । करिब दुईसय पचास जति सहभागी रहेको यस कार्यक्रममा स्वादिष्ट नेपाली खानाको व्यवस्था गरिएको थियो । कार्यक्रममा २०२०-२१ मा मास्टर डिग्री हासिल गरेका वा सोभन्दा माथि पढ़ाई पूरा गरेकालाई संस्थाले विशेष सम्मानका साथ प्रमाण पत्र वितरण गरेकाे थियोे ।

त्यस्तै, संस्थाका प्रतिनिधित्व गर्ने र कार्यकारी पदमा रहेकोले अन्य संस्था तथा कार्यक्रममा पाएको सफलतालाई पनि मनन गरी सम्मानित गरिएको थियो ।

यस कार्यक्रमलाई संस्थाका महासचिव केदार थपलियाले सञ्चालन गरेका थिए । सचिव होम ज्ञावलीले उनलाई साथ दिएका थिए । साँस्कृतिक सकार्यक्रम सल्लाकार तथा निवर्तमान उपाध्यक्ष शिवराम गुरुङले चलाए ।