April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
केसामकाे रेकर्डिङ पूरा

केसामकाे रेकर्डिङ पूरा

काठमाडौं । आदिवासी याक्थुङ लिम्बुकाे लोपोन्मुख लोक लय केसामको रेकर्डिङ सम्पन्न भएको छ । शुक्रवार पुलिस क्लबको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

केरुङद्वारा लिखित ‘`सक्सा नु पेन्युक्’ कृति ।

सर्जक सागर केरुङद्वारा लिखित कृति ‘सक्सा नु पेन्युक’ मा समाविष्ट केसाममा गोविन्द आङबुङकाे लय संकलन रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषदले निर्माण गरेको हो । निरन्ता नेम्बाङ र शिव सम्बाहाङ्फेले स्वर दिएका छन् भने संगीत संयोजन प्राज्ञ अशोक लोहोरुङले गरेका हुन् ।

Advertisement