August 16, 2022, Tuesday
२०७९ श्रावण ३१, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

काठमाडौं । याक्थुङ लिम्बु कथानक चलचित्र ‘रीत’ को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच जानकारी गराइएको हो ।

फाल्गुनन्द फिल्म्स प्रा.लि.ले आयोजना वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व मेजर जर्नेल होमितकुमार लाओती, किरात याक्थुङ चुम्लुङ संघीय सचिव यासेली योङ्हाङ, याक्थुङ मुन्चइत् चोक सयङ लिम्बुवान प्रदेश समितिका अध्यक्ष भूपेन्द्र तुम्बाहाङ्फे, हाक्पारे पालाम सयङकी अध्यक्ष रुपा आङ्बुहाङ, चलचित्र निर्देशक सागर सुब्बा, हाङ चेम्जोङ, लोकेन साँवा लगायतले शुभकामना मन्तव्य राखेका थिए । फाल्गुनन्द लिङ्देन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र रीतलाइ सागर केरुङ्ले लेखेका हुन् भने दिनेश लिङ्देनले निर्देशन गरेका छन् ।

Advertisement

चलचित्रकाे छायांकनका क्रममा ।

ताप्लेजुङको सिनाम, पान्थर र काठमाडौमा छायांकन गरिएको चलचित्रमा लक्ष्मी योङ्हाङ, विमला खजुम, तान्छोहाङ इङ्नाम, सागर केरुङ, यासेली योङ्हाङ, प्रभु कुरुम्बाङ, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु थोक्लिहाङ, भीम थेबे, पूर्ण सेलिङ, नितु नेम्बाङ, एन्जिला नेम्बाङ, रत्ना लिङ्देन, नन्दु तुम्बापो लगायतको अभिनय रहेको छ । फिल्ममा छायांकन सुमन योञ्जन, नृत्य निर्देशन दिनेश माङ्मु, शब्द यासेली योङ्हाङ, हर्क मान संगीत अशोक लोहरुङ, मान तबेबुङ, स्वर सुसन साम्सुहाङ, श्रेयासी चेम्जोङकाे रहेका छ । आगामी वलिहाङ तङ्नामबाट प्रदर्शन हुने चलचित्रमा होमितकुमार लाओती, आशा नेम्बाङ र विष्णुकुमार इङ्नाम निर्माता रहेका छन् ।

चलचित्रकाे एक दृश्य ।