April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिसेक्पा तङ्नाममा युवा वक्तृत्वकला प्रतियोगिता हुँदै

सिसेक्पा तङ्नाममा युवा वक्तृत्वकला प्रतियोगिता हुँदै

काठमाडाैँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)काे अवसरमा वक्तृत्वकला प्रतियोगिता आयाेजना हुने भएको छ । माैलिक चाडपर्वबारे प्रचारप्रसार गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता हुन लागेको हाे ।

किरात याक्थुङ चुम्लुङ तथा लिम्बुजन्य संघ संस्थाहरूकाे संयुक्त आयाेजनामा साउन एक गते हुन लागेको याक्थुङ युवा मञ्च काठमाडौंकी अध्यक्ष सङ्गीता सुहाङले जनाइन् । बिहान ११ बजे चुम्लुङहिम शोभाहिटी, ललितपुरमा हुने प्रतियोगितामा भाग लिन वक्ताकाे उमेर २५ वर्षमुनिकाे हुनुपर्ने छ । सहभागीहरूले असार ३२ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने अध्यक्ष सुहाङले बताइन् ।

Advertisement

प्रतियोगिताबारे सूचना ।

प्रतियोगिताकाे शीर्षक ‘सिसेक्पा तङ्नाम’ नै राखिएको छ भने बाेल्ने समय पाँच मिनेट निर्धारण गरिएको छ । सहभागी वक्ताहरुले लिम्बु, नेपाली, अग्रेजी तीनमध्ये जुनै भाषामा आफूलाई प्रस्तुत गर्न सक्ने छन् । प्रतियोगितामा सहभागी भएर प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कारको व्यवस्था गरिएको याक्थुङ युवा मञ्चकी केन्द्रीय उपाध्यक्ष रञ्जुला तेयुङले जनाइन् । उनले चाडपर्वलाई मनाेरञ्जनसँगै सिर्जनात्मक बनाउँदै नयाँ पुस्तामा साँस्कृतिक जागरण ल्याउन चुम्लुङ र अन्य संस्थाहरूले संयुक्त रूपमा कार्यक्रम आयोजना गरिएको प्रष्ट्याए ।