चार बुँदे माग राख्दै जसपा धरानले बुझायो उपमहानगरमा ज्ञापनपत्र
विजयपुर । जनता समाजवादी पार्टी धरान उपमहानगर कमिटीले ईलाका प्रशासानमा प्रदान गरिरहेकाे सेवा गरपालिकाकाे मातहतमा सबै वडाबाट सेवा सुविधा प्रदान गर्न माग राख्दै धरान उपमहानगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाएकाे छ । पार्टीले चार बुँदे मागसहित धरान उपमहानगरपालिकाका मेयर र उपमेयरलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएको हाे ।

बिहीबार पार्टीको धरान उपमहानगरमा उपलब्ध अध्यक्ष ताजुप लिम्बू, सचिव शम्भु राईसहित प्रदेशस्तरीय नेतासहितको एक टोलीले मेयर हर्कराज राई (साङपाङ) र उपमेयर अइन्द्रविक्रम बेघालाई ज्ञापनपत्र बुझाएको हो । पार्टीले राष्ट्रिय परिचयपत्र वडास्तरबाट उपलब्ध गराउन, फोटोसहितको मतदाता नामावली संकलन इलाका प्रशासन कार्यालयमा जनशक्ति अभाव भई दैनिक ५० भन्दा बढीको काम नहुँदा स्थानीयले सास्ती भोगेको, चिन्डेडाँडा छेऊ रहेको नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन पोल निर्माण गर्दा पहिरोको जोखिम बढाएको र सुकुम्बासीलाई धनीपुर्जाको लागि तत्काल पहल गर्न माग गरेको छ ।
ज्ञापनपत्र बुझेपछि मेयर र उपमेयरले चारै वटा बुँदामा गम्भीरता देखाएको नेता ताजुवले जानकारी दिए । सुकुम्बासी समस्याको लागि कार्यपालिकामा छलफलको एजेन्डा राखेको तर दलभित्र थप छलफल गर्नुपर्ने माग राखेको कारण अर्को कार्यपालिका बैठकमा लगिने मेयर साम्पाङले बताए । उपमेयर बेघाले सुकुम्बासीलाई धनीपुर्जा वितरण गर्न सुनसरी जिल्लामा नै धरानबाट वितरण गर्ने लक्ष्य रहेको बताए ।
ज्ञापनपत्र बुझाउन पार्टीका प्रदेश सदस्य तेन्जिङ शेर्पा, उपाध्यक्ष हेमराज जिमी, सहसचिव सीता राई, सुमन चेम्जोङ, कमला रुम्दालीलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्रमा उल्लिखित बुँदाहरू :
१. नेपाल सरकारले वितरण गरिरहेकाे राष्ट्रिय परिचय पत्र जनताहरुकाे सेवा सुबिधालाई मध्यनजर गरी सबैवडाबाट साउन १ गते देखि वितरण कार्य गर्नु पर्ने ।
२. प्रतिनिधिसभा तथा प्रदेशसभाकाे निर्वाचनलाई मध्यनजर गरि नयाँ तथा छुटेकाे मतदाताहरुकाे नामावली संकलन गर्ने कार्य सबै वडाबाट साउन १ गते देखि गर्नु पर्ने ।
३. भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसाेबास गरेका धरानवासी जनताहरुलाई राष्ट्रिय भूमिहीन सुकुम्बासी आयाेग मार्फत धनीपूर्जा वितरण गर्न नगर स्तरीय समन्वय समितिकाे पुनर्गठन गरि भै रहेकाे कामलाई व्यवस्थित गर्दै भाडाे भन्दा चाँडाे धनीपूर्जा वितरण गर्नु पर्ने ।
४. धरान उपमहानगरपालिका वडा नं. २० चिन्डेडाँडाकाे माथिल्लाे पट्टि नेपाल विद्युत प्राधिकरणकाे हाईटेन्सनलाइनकाे पाेल निर्माण गर्दा भुक्षय भई पहिराे जाने अवस्था देखिएकाेले अनिवार्य राेकथामकाे काम गर्नु पर्ने ।


प्रतिकृया दिनुहोस्