April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

काठमाडौं । प्रदेश नम्बर एककाे नामाकरणकाे पुनः चर्चा चलेसँगै लिम्बुवानवादी सङ्गठनहरू पुनः सक्रिय भएका छन् ।१४ जिल्लाको प्रदेश नम्बर एकलाई पहिचानका आधारमा नामाकरण गरिनुपर्ने भन्दै लिम्बुवान किरात सयुक्त सघर्ष समितिले माग गरेको छ ।

पत्रकार सम्मेलनमा सङ्घर्ष समितिका नेताहरू ।

काठमाडौं सङ्घर्ष समितिले आयाेजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नम्बर एकलाई ‘लिम्बुवान, किरात प्रदेश’ बनाउनुपर्ने माग गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संघीय परिषदको सभाकक्ष अनामनगरमा आयोजित सम्मेलनमा प्रेस विज्ञप्तिलाई एकीकृत माओवादीसम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति माेर्चाका नेता मुक्साम मेन्याङ्बोले पढेर सुनाएका थिए । पत्रकारहरुको प्रश्नको उत्तर अर्का जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम र नेपाल आदिवासी जनजाति महासंघ संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले दिए र अध्यक्ष शेर्पाले लिम्बुवान किरात नामाकरणमा महासंघको तर्फबाट प्रतिबद्धता पनि जनाए । पहिचान नदि खोलाले नमागेको र कोशी नामाकरण एकल हिन्दू आर्यको मात्र विरासत बोक्ने भएकोले अस्वीकार्य हुने यद्यपी नामाकरण सहमतिमा हुनुपर्ने धारणा व्यक्त गरे ।

Advertisement

एमालेको तर्फबाट त्रिवेणी चोङवाङ, काँग्रेसकोतर्फबाट उत्तमसिं थाङदेन, किरात याक्थुङ चुम्लुङको तर्फबाट उपप्राध्यापक प्रेम येक्तेन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट विष्णु यक्सो, जसपाको तर्फबाट माखिम र नेकपा माओवादी केन्द्रको तर्फबाट स्वयं मेन्याङबोले प्रतिनिधित्व गरेका थिए । सभालाई चुम्लुङ महासचिव निरन्ती तुम्बापोले संचालन गरेकी थिइन् ।

विभिन्न राजनैतिक दलमा आबद्ध लिम्बुवान मोर्चा तथा समितिको आग्रहमा चुम्लुङले समन्वयकारी भूमिका खेल्दै आएको छ । शनिवार इटहरीमा बैठक हुँदैछ र सम्बन्धित नेताहरु समक्ष भेटने, लबिङ गर्ने साथै विभिन्न स्थानमा कार्यक्रमहरु गर्ने जनाएको छ ।

प्रदेश एकको नामाङ्कनमा लिम्बुवान, किरात, काेसी, सगरमाथा, कञ्चनजङ्गा आदि नाम चर्चामा छन् । प्रादेशिक चुनाव आउनुअघि नामाकरण टुंगो लगाउनुपर्ने सांसदहरूलाई दबाब छ । सात प्रदेशमा अन्य छ प्रदेशहरूले नाम टुंगो लगाइसकेका छन् । विराटनगर राजधानी रहने गरी प्रदेश एकले निर्णय गरिसकेपनि नाममा तीव्र बहस चलेका कारण हालसम्म अनिर्णीत भएको हाे ।

विज्ञप्ति ।

९० जना प्रदेशसभा सदस्य रहेको प्रदेश एकमा एमालेसँग ३९,  नेपाली कांग्रेससँग २१,  माओवादी केन्द्रसँग १५,  नेकपा एकीकतृ समाजवादीसँग १०,  जसपासँग ३ र राप्रपा रसंघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चसँग १/१ सांसद छन् । नामका लागि दुई तिहाइ बहुमत अर्थात कम्तीमा ६० सांसद आवश्यक पर्छ ।

विज्ञप्तिका हस्ताक्षरकर्ता दल र नेताहरू ।