April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिलाम साक्माको प्रचलन बढ्दै

सिलाम साक्माको प्रचलन बढ्दै

विजयपुर । नेपालका आदिवासी समुदायमा सांस्कृति पूनर्जागरण बढेसंगै नेपाली समाजमा उनिहरुका मौलिक खानपिन, पहिरन, संगीतका साथै प्रतिकहरु सामाजिकीकरण हुने क्रममा छ । कतिपय कुराहरु लोकप्रिय बन्न थालेका छन् । यसै क्रममा सांस्कृतिक प्रतिक चिन्ह सिलाम साक्माको प्रचलन पछिल्लो समय बढ्दै गएको पाइन्छ ।

आदिबासी समुदायका सार्वजनिक समारोहहरुमा सम्मानका रुपमा लगाइदिने यो प्रतिक चिन्ह लिम्बु समुदायको धार्मिक, सांस्कृतिक प्रतिक चिन्ह हो । मुन्धुममा सिलाम साक्मा मृत्यु छेक्ने शक्ति भएको यन्त्रको रुपमा वणर्न गरिएको पाइन्छ । यस्को प्रचलन बढ्दै गएपछि व्यवसायीक रुपमा पनि उत्पादन हुन थालेका छन् र सुनको सिलाम साक्मा पनि बन्न थालेको छ ।

Advertisement

तालिममा सहभागी प्रशिक्षार्थीहरू ।

नेपालकै मौलिक पहिचानको यो प्रतिक चिन्ह बनाउने सिपलाई आयमुलक बनाउन सकिने भएकाले लिम्बु विद्यार्थी मञ्चव्दारा कलेजका विद्यार्थीहरुलाई सिलाम साक्मा बनाउने प्रतिक्षण सञ्चालन गरिएको छ । शनिवार देखी शुरु भएको तालिममा ४५ जना विद्यार्थीहरु सहभागी छन् । उनिहरुलाई ३ दिनमा सिलाम साक्मा बनाउन दक्ष बनाइने छ ।

सिलाम साक्मा रंगीन धागो बाँसका सिन्कामा चौकोणमा बुनेर बनाइन्छ । मुन्धुम अनुसार धागोका डोराको संख्यामा ध्यान दिनु यस्को महत्वपूणर् पक्ष हो । प्रशिक्षक गोपीलाल लिम्बुका अनुसार ९ डोराको सिलाम साक्मा मुन्धुम सम्मत हुन्छ । पछिल्लो समय सिलाम साक्मा बनाउँदा डोरको ख्यान नगरिने प्रर्वत्ति बढेको उनले बताए ।

प्रशिक्षणको उद्घाटन गर्दै लिम्बु विद्यार्थी मञ्चका केन्द्रिय उपाध्यक्ष राजेश इवाहाङले लिम्बु जातिको सांस्कृतिक पहिचानको सिलाम साक्मा आम्दामीको श्रोत हुने भएकाले विद्यार्थीहरुलाई त्यस्को उपयोग गर्न प्रोत्साहका लागि सिप सिकाउने कार्य गरिएको बताए । यस्ले संस्कृतिप्रति लगाव बढाउने र आयमुलक काम पनि हुने उनको भनाई थियो ।

सिलाम साक्मा अध्येता हितराम तिलिङले यस्को मुन्धुमी पक्षमा प्रकाश परे । किरात याक्थुङ चुम्लुङका पार्षद ताजुब लिम्बु, जिल्ला अध्यक्ष कुमार हुम्पाचोङबाङ, वरिष्ठ पत्रका हर्ष सुब्बा लगायतले सिलाम साक्माको पहिचान, संस्कृतिका बारेमा प्रकाश परे । मञ्चका जिल्ला अध्यक्ष हरि इवाहाङ लिम्बुको सभापत्त्विमा भएको समारोहमा मञ्चका केन्द्रिय उपमहासचिवव्दया सरगम सागर चेम्जोङ, प्रदीप नेयोङ लिम्बु लगायतको उपस्थिति थियो ।

(मर्निङ टाइम्स बाट )