‘सिसेक्पा’ नाटक मञ्चन
काठमाडौँ । याक्थुङ लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन भएको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको नाटकलाइ सागर केरुङ्ले लेखेका हुन् ।

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालाइ यासेली योङहाङले निर्देशन गरेका हुन् । आदिवासी याक्थुङ समुदायको चाड सिसेक्पा तङ्नाम (साउने संक्रान्ति)को विषयवस्तुमा आधारित नाटकमा यासेली योङ्हाङ, उदय बेघा, मनु थक्लुङ, अम्बर तुम्बापो माइकल र विवेक बेघा लगायतले अभिनय गरेका थिए ।
#याक्थुङ लिम्बु कला/सँस्कृति #याक्थुङ लिम्बु
प्रतिकृया दिनुहोस्