April 22, 2024, Monday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘लिम्बुवान, किरात प्रदेश’ का लागि बिहीबार बृहत प्रदर्शन हुँदै

‘लिम्बुवान, किरात प्रदेश’ का लागि बिहीबार बृहत प्रदर्शन हुँदै

विजयपुर । प्रदेश नम्बर एकको नाम ऐतिहासिकताका आधारमा ‘लिम्बुवान, किरात’ प्रदेश कायम गर्न माग गर्दै विराटनगरमा बिह्रीबार बृहत् प्रदर्शन हुने भएको छ । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले जनप्रदर्शन गर्ने भएको हो ।

गत असार २४ गते राजधानी काठमाडौँ र २६ गते इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रमहरु घोषणा भएका थिए । जसअनुसार २७ गते, मुख्यमन्त्रीको कार्यालय, संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुख लगायतलाई भेटेर ज्ञापनपज्ञत्र बुझाएका थिए । त्यस्तै, असार २८, २९ र ३० गतेसम्म जिल्ला स्तरीय समिति गठन गरिएका छन् । साउन ५ गते भनेर तय गरिएका जनप्रर्दनमा पाँचौ हजारको सहभागित रहने लिम्बुवान, किरात संयुक्त संघर्ष समितिका समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवानका अध्यक्ष मधु केरुङले जनाए । उनले समितिमा आबद्ध ३२ वटा संगठनबाट प्रदर्शनमा सहभागिता जनाउन प्रदेश एकको मुकाम विराटनगरमा केन्द्रित भइसकेको बताए । ‘निर्णायक घडीमा सबैले साथ दिनुहोला । तन, मन र धनले हाम्रो आन्दोलनमा सहभागी भएर पहिचानसहितको प्रदेश निर्माण गर्न योगदान दिन हुन अपिल गर्दर्छौँ,’ उनले भने । बिहीबार नै सङ्ङीय राजधानी काठमाडौंकाे माइतीघर मण्डलामा समेत प्रदर्शनी हुने भएको छ ।

Advertisement

सङ्घर्ष समितिकाे अपिल ।

सात प्रदेशमध्ये एक नम्बर प्रदेशको मात्र नामाकरण हुन बाँकी छ । प्रदेश र संघीय सरकारको चुनावअगावै नाम टुङ्गो लगाउनुपर्ने दबाबा प्रदेश संसदलाई छ । प्रदेशमा कुल ९० जना सांसद छन् । जसमध्ये नेकपा एमालेसँग ३९, नेपाली काङग्रेसँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जनता समाजवादी पार्टीसँग ३ र राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक एक सांसद रहेका छन् । नामाकरण गर्न दुई तिहाई बहुमत अर्थात् ६१ जना सांसद आवश्यक पर्छ ।

माइतीघर मण्डलामा जान गरिएको अपिल ।

यायोक्खाको चक्ककाजाम फिर्ता
यसैबीच, १४ जिल्लालाई नै किरात प्रदेश बनाउन माग गर्दै आन्दोलन गरिरहेको किरात राई यायोक्खाले बिहीबार गर्ने भनिएको चक्काजाम फिर्ता लिएको छ । किराया केन्द्रीय समितिले एक सूचना राख्दै ‘लिम्बुवान, किरात’को प्रर्दशनीलाई ध्यानमा राखेर साउन ५ गतेको यातायात हड्ताल फिर्ता लिएको जनाएको छ । किरायाको केन्द्रीय समिति बैठकले ‘लिम्बुवान, किरात’को प्रदर्शनलाई ध्यान दिएर तत्कालका लागि चक्काजाम मात्र फिर्ता लिएको किराया प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।

राई समुदायको जातीय सामाजिक संस्था मानिने किरायाले किरात प्रदेशको माग गर्दै मंगलबार मुख्यमन्त्रीको कार्यालयअगाडि धर्ना दिएको थियो । त्यस्तै, मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर ज्ञापनपत्र बुझाउँदै किरात प्रदेश घोषणा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
पूर्वका दुई ठूला आदिवासी समुदाय याक्थुङ र राई जातिको संस्थाहरूले क्रमशः २०६३ र २०६४ को महाधिवेशनबाट लिम्बुवान र किरात प्रदेशको राजनीतिक माग पारित गरेका थिए । चुम्लुङले अरुण–सप्तकोसीपूर्वका नौ जिल्लाहरूलाई ऐतिहासिक पृष्डभूमि र राज्यसँग पटकपटक गरेको सम्झौताका आधारमा लिम्बुवान नामकरण गरिनुपर्ने भन्दै आन्दोलित हुँदै आएको छ । किरायाले भने प्राचीन सभ्यताका आधारमा १४ जिल्लालाई किरात प्रदेश घोषणा गर्नुपर्ने माग गर्दै आएको छ । प्रदेश एकको भूगोलमा समान दाबीहरू खप्टिएपछि सहजीकरण गर्न हाललाई लिम्बुवान, किरात प्रदेश राखेर अघि बढ्न आफूहरू तयार भएको कियाचुका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले बताए । प्रदेश एकको केही भूभागमा शेर्पा समुदाय र तराईका केही आदिवासी समुदायको दाबी रहँदै आएपनि दुई ठूला समुदायको सहमति निर्णायक मानिँदै आएको छ ।