April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतमा अगष्ट दाेस्राे साता विश्व आदिवासी दिवस मनाइने

बेलायतमा अगष्ट दाेस्राे साता विश्व आदिवासी दिवस मनाइने

लन्डन । २८ औँ विश्व आदिवासी दिवस बेलायतमा बस्ने नेपाली आदिवासी जनजाति समुदायले पनि विशेष कार्यक्रमसहित मनाउने भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले गत शुक्रबार २९ जुलाईको दिन एक भर्चुअल पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । सम्मेलनमा महासंघकी महासचिव विमला सेनेले आगामी अगस्ट १४ तारिख आइतबार अल्डरसटको प्यालेस हलमा २८ औँ विश्व आदिवासी दिवस कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराइन्।

Advertisement

नेपाल आदिवासी जनाजाति महासंघ (नेफिन) यूके, नेपाल आदिवासी जनजाति महिला महासंघ यूके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके, नेपाल आदिवासी जनजाति युवा महासंघ यूके र नेपाल आदिवासी जनजाति साहित्य महासंघ यूकेसहित पाँच संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।

भर्चुअल पत्रकार सम्मेलनमा सहभागीहरू

कार्यक्रममा विशेष आकर्षणका रुपमा महासंघमा आबद्ध विभिन्न एक दर्जन बढी जातीय संस्थाका सांस्कृतिक झांकीहरु प्रस्तुत गरिने जनाइएको छ। त्यस्तै, सो अवसरमा बेलायतमा राजनीतिक, सामाजिक, शैक्षिकलगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने नेपाली आदिवासी, जनजाति समुदायका सदस्यहरुलाई सम्मान गरिनेछ।

कार्यक्रममा आदिवासी, जनजाती समुदायका सरोकारका मुद्धाहरुमा केन्द्रित कार्यपत्रहरु पनि प्रस्तुत गरिनेछ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहने कार्यक्रममा विशेष वक्ताका रुपमा महासंघका पूर्व केन्द्रीय सचिव भक्त दुरा, अभियन्ता कमला थापा लगायतको पनि सहभागिता रहनेछ।

कार्यक्रमकाे ब्यानर ।

पत्रकार सम्मेलनमा नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पाले कार्यक्रममा बेलायतस्थित गैर–जनजाति नेपाली समुदायलाई पनि सहभागिताको लागि आव्हान गरे। ‘आदिवासी जनजाती समुदायको मौलिक कला, संस्कृति मात्र नभइ हाम्रो समुदायको वास्तविक अवस्था बुझ्न, आवाज सुन्न र ऐक्यबद्धता जनाउन पनि तपाईंहरु सबैजना कार्यक्रममा आइदिनुहुनेछ भन्ने हाम्रो आशा छ’, अध्यक्ष शेर्पाले भने।

नेफिन यूकेका अध्यक्ष शेर्पाको अध्यक्षतामा सम्पन्न भर्चुअल पत्रकार सम्मेलनलाई नेफिन महासचिव विमला सेनेले सञ्चालन गरेकी थिइन्। पत्रकार सम्मेलनमा नेफिन यूकेको पूर्व महासचिव तथा नेपाल मामिला डट कमका प्रधान सम्पादक खुशी लिम्बू, फोनिज यूके अध्यक्ष गोमा राना, लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष तथा सिलौटी टाइम्सका प्रधान सम्पादक अमित थेबे, नेपाली लिंक डट कमका सम्मादक ध्र्रुवराज अर्याल लगायत दर्जन जति बेलायतका नेपाली पत्रकारहरुको उपस्थिति थियो ।

उक्त अवसरमा नेफिन यूकेका सल्लाहकारहरु भक्त दुरा, विश्वासदीप तिगेला, दूत पुन, होम किरात सुनुवार, खुशी लिम्बू, नेपाल आदिवासी जनजाती युवा महासंघ यूकेका संयोजक अमित थेवे लगायतले कार्यक्रमसम्वन्धि आ(आफ्ना विचार तथा सुझावहरु राखेका थिए।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ यूके र फोनिज यूकेका साथै बेलायतस्थित विभिन्न नेपाली मिडियामा आबद्ध एक दर्जन सञ्चारकर्मीको सहभागिता थियो।

संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाइंदै आएको छ। यस वर्ष ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ।