April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

पोखरामा उपचारका क्रममा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

पोखरामा उपचारका क्रममा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं-पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य  विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा एक जना संक्रमितको मृत्यु भएको हो। प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका-११ निवासी  ३२ वर्षीया महिलाको आज बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो। उनलाई ७ गते अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो।

निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

भाद्र ११, भैरवा । निषेधाज्ञाको कारण कसैको पनि चुलो ननिभोस् भन्ने उद्देश्यका साथ भैरवामा फुड बैंकको बुधबारदेखि शुरु गरेको छ । फुड बैंकमा चामल, दाल, नुन, तेल, मसयौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकता अनुसार निषेधाज्ञा अवधिभर वितरण गर्ने मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवा लुम्बिनी का संस्थापक अध्यक्ष रवि कुमार रौनियारले…

  • २ किलोमा सुखा पहिरो,मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    २ किलोमा सुखा पहिरो,मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    भाद्र ११, चितवन । बिहानै सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान करिब ६ बजेतिर सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको हो। पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ।...

  • कलकत्तामा अड्किएकाे  २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

    कलकत्तामा अड्किएकाे २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

    भाद्र ११, काठमाडाैं । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको मल मङ्गलबार राति वीरगञ्ज आइपुगेको हो...

  • चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित थपिए

    चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित थपिए

    भाद्र ११, चितवन । चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित फेला परेका छन् । बुधबार भरतपुर कोभिड ल्याब र चितवन मेडिकल कलेज ल्याबमा गरिएको परिक्षणमा ४५ जना संक्रमित फेला परेका हुन्। भरतपुर कोभिड ल्याबमा २५ तथा चितवन मेडिकल कलेजको...

  • काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

    काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

    भाद्र ११, काठमाडाैं । देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ। ११ स्थानीय...

  • सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु

    सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु

    भाद्र ११, काठमाडाैं । कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला...

  • सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

    सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

    भाद्र ११, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताउनुभएको छ । जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै...