पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरू टालटुल पारेको भोलिपल्टै पुनः क्षतविक्षत
आश्विन ९, काठमाडौं । सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरु टालटुल पारेको भोलिपल्टै पुनः उस्तै गरी क्षतविक्षत भएको छ। गत मंगलबार दिनभर नयाँरोड, हरिवन, बाँसाटोल, तीनघरे लगायत पूर्व–पश्चिम राजमार्गमा बनेका खाडलहरुमा अलकत्राले मुछेको गिट्टी हालेर टालटुल पारिएको थियो।...
