April 19, 2025, Saturday
२०८२ बैशाख ६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘सोसोरिक वामा’को पोष्टर सार्वजनिक, पाःलाम प्रतियोतिाका फाइनलिष्टहरू एक साथ भिडियोमा

‘सोसोरिक वामा’को पोष्टर सार्वजनिक, पाःलाम प्रतियोतिाका फाइनलिष्टहरू एक साथ भिडियोमा

विजयपुर । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताकाे उत्कृष्ट दशमा पर्न सफल गायक गायिकाहरू एक साथ एउटै पाःलामको भिडियोमा देखा पर्ने भएका छन् । बुधबार सार्वजनिक भएको पोष्टर ‘सोसोरिक वामा’को पाःलाम गीति भिडियोबाट उनीहरू एक साथ आउन लागेको हुन् ।

व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा बनेको पाःलाम भिडियोको पोष्टर बुधबार सार्वजनिक भएपनि गीत बिहीबार बिहान सर्जक रीता फोम्वो ठूलीको युट्युबबाट च्यानलबाट हेर्न र सुन्न सकिनेछ । सो पाःलाममा सन् २०२० मा अत्यन्तै लोकप्रिय भएर सम्पन्न भएको विश्वव्यापी अनलाइन प्रतियोगितका उत्कृष्ट दश भित्रका सात जना गायक गायिकाहरू एक साथ प्रस्तुत भएको निर्देशक चेम्जोङले बताए । याक्थुङ साक्थिम्मिबा सयङले आयोजना गरेको प्रतियोगितामा प्रथम भएकी सुनिता लाबुङ केदेम, दोस्रो भएका शिवकुमार सम्बाहाङ्फे र तेस्रो भएकी सुनिता सङ्यक देखा परेकी छिन् । त्यस्तै, पालाम चोत्लुङ अवार्ड विजेता पेपराज माबुहाङ, उदीयमान कलाकार अवार्ड विजेता इन्दिरा नेम्वाङ, सेहोनाम्लाङ अवार्ड विजेता सुमन लिम्बु र मुक्कुमलुङ अवार्ड विजेता जीवन केदेम पनि कलाकारका रूपमा अटाएका छन् ।

Advertisement


गीतमा विजेता सुनिता लाबुङ केदेम, सुमन लिम्बु र जीवन केदमसँगै अहिलेका उदीयमान पाःलाम गायिका निरन्ता नेम्वाङको स्वर सुन्न सकिन्छ । किङ स्टुडियोमा रेकर्ड भएको गीतमा लय विजेता सुनिता केदेमको र कथा जीवन केदेमको रहेको छ । शब्दमा जीवनलाई शान्ता केरुङले साथ दिएकी छिन् । गीतमा मनोज साम्सोनको संगीत संयोजन, इसाक जवेगूको छायांकन र सम्पादन, अस्मिता राईको श्रङ्गारतर्फ सम्हालेका छन् । गीतको सहयोगीहरूमा एलिजा फोम्वो, सन्तवीर लिम्बु, मुछेबुङ यम्बा र भीम लिम्बु तेयुङ रहेका छन् ।

पौने दुई वर्षअघि सम्पन्न भएको विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितमा नेपाल, भारत र विदेशका तीन दर्जन बढी मुलकुहरूबाट ३५२ प्रतियोगीहरूसहित करिबा ४०० जना गायक गायिकाहरू सहभागी भएका थिए । उत्कृष्ट दशमा पुगेका अन्य सहभागीहरूमा उत्कृष्ट पाःलाम चोत्लुङ अवार्ड विजेता शान्तिराम खरेल, सर्वोत्कृष्ट प्रस्तुतिको अवार्ड विजेता विक्रम येक्तेन र साङ्गोती हाङ्गोती अवार्ड विजेता साँगुले ठूले रहेका थिए । कोरोना महामारीको पहिलो लकडाउनको बेला आयोजना गरिएको प्रतियोगितामा गैरयाक्थुङ लिम्बुहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकहरूमा गायिका मनु नेम्वाङ, सँस्कृतिविद् यासेली योङहाङ र मुन्धुम एवम् रैथनो संगीतकी प्रवर्तक झुमा लिम्बु रहेका थिए ।