April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवान र आदिवासी काठमाडौंबीच फुटबल खेल हुँदै

लिम्बुवान र आदिवासी काठमाडौंबीच फुटबल खेल हुँदै

विजयपुर । धरानको एन्फा ग्राउन्डमा लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौंबीच मैत्रीपुर्ण फुटबल म्याच हुने भएको छ ।

स्वास्थ्य जीवन, मैत्रीपुर्ण सम्बन्ध, सामुहिक कार्य प्रणालीको विकास, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रभाव गर्न र खेलकुदमा युवाहरुलाई उर्जा प्रदान गर्ने उदेश्यका लागि लिम्बुवान फुटबल क्लव (एलएफसी) र आदिवासी फुटबल क्लव (आइएफसी) काठमाडौं बीच मैत्रीपुर्ण फुटबल म्याच खेल्न लागेको आयोजक जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओतीले बताए ।

Advertisement

जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा फाल्गुन २५ गते दिनको १ बजे देखि सुरु हुने उक्त मैत्रीपूर्ण फुटबल म्याचमा लिम्बुवान फुटबल क्लबको तर्फबाट जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले टिमको नेतृत्व गर्ने छन भने आदिवासी फुटबल क्लबको तर्फबाट त्रिविका प्रोफेसर तथा आदिवासी जनजाति अभियन्ता डा. कृष्ण भट्टचनले टिमको नेतृत्व गर्ने छन् ।